अमृत बास्कुने
,म्याग्दी
लायन्स क्लब अफ बेनी म्याग्दीको आयोजनामा जेठमा निःशुल्क आँखा शिबिर सञ्चालन हुने भएको छ ।आगामी जेठ ४ र ५ गते बेनी बजार स्थित म्याग्दी अस्पतालमा निःशुल्क मोतिया बिन्दु अप्रेसन तथा आँखा शिबिर सञ्चालन हुने लायन्स क्लब अफ बेनीले जनाएको छ ।
आँखा शिबिर कार्यक्रममा सहआयोजकको रुपमा नेपाल रेडक्रस सोसाईटी म्याग्दी र म्याग्दी जेसिस समेत रहेको बेनीमा आयोजित छलफल कार्यक्रममा बताईएको छ । आँखा शिबिरमा उपचार सम्बन्धी कुनै किसिमको रकम नलाग्ने समेत बताईएको छ ।
लायन्स क्लब अफ म्याग्दी बेनीले पहिलो पटक आयोजना गर्नलागेको आँखा शिबिरलाई सफलता पुर्बक सम्पन्न गर्नको लागी बिभिन्न उपसमिति समेत निर्माण गरीएको छ ।
|