www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

मैले देश छोडेर जाने सोच बनाएको छैन: ज्ञानेन्द्र शाह

काठमाडौँ। संविधानसभाको पहिलो बैठकले पूर्वराजालाई नारायणहिटी छाड्न दिएको आदेशअनुरूप पूर्वराजा ज्ञानेन्द्रले जेठ २९ गते पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना विचार व्यक्त गर्नुभयो।
आफूले कार्यकालमा पदीय दायित्वका कारण व्यक्त गर्न नसकेको आफ्नो पीडा ईश्वरलाई साक्षी राखी पत्रकार सम्मेलनमार्फत नेपाली समुदाय र अन्तर्राष्ट्रिय समुदायसमक्ष पोख्न चाहेको उहाँले बताउनुभयो। आफू अबोध बालक छँदै आफ्नो शिरमा पहिर्‍याइएको श्रीपेच चुपचाप थाप्ने बाध्यताबाहेक आफ्नो कुनै चाहना नभएको उहाँले बताउनुभयो।
 

पूर्व राजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डलाई आफ्ना लागि दुःखदायी घटना भन्दै त्यतिबेला आफू र आफ्नो परिवारमाथि लगाएको कठोर आरोप र लाञ्छना सहनुबाहेक कुनै विकल्प नभएको भनी आफ्नो बाध्यता पनि पोख्नुभयो। २०५८ साल जेठ १९ गते राति दोस्रो पटक नेपालको राजपरिवारको इतिहासमा कहिल्यै बिर्सन नसकिने घटना भएको भन्दै उहाँले दरबार हत्याकाण्डका जीवित साक्षीहरु आफ्नी पत्नी पूर्व रानी कोमलको शरीरमा अझै गोलीका टुक्रा बाँकी रहेको र त्यो निकाल्न नसकेको भन्दै आफ्नो पीडा सुनाउनुभयो।
आफ्नो सम्पत्तिको बारेमा जानकारी दिँदै पत्रकार सम्मेलनमा उहाँले आफूले विदेशमा सम्पत्ति नराखेको जिकिर गर्नुभयो।
आफूले विदेशमा कुनै चलअचल सम्पत्ति नराखेको र नेपालमै भएको पनि आफ्नो नाममा मात्र नराखी संस्थागत रुपमा राखेको दाबी गर्नुभयो।
नेपालको कानुनअनुसार निजी सम्पत्ति राख्न पाउने हक आफूलाई पनि हुनेमा उहाँले जोड दिनुभयो। मातृभूमिमै बसेर मुलुकको बृहत्तर हित र शान्तिमा आफ्नो योगदान रहिरहने भन्दै उहाँले देश छोडेर जाने सोच नबनाएको दाबी गर्नुभयो।
नेपालीको रगत पसिनाले बनेको स्वतन्त्र र सार्वभौम नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताका निम्ति आफू जुनसुकै अवस्था र हैसियतमा पनि सदा समर्पण रहने प्रण उहाँले गर्नुएभयो।
स्वतन्त्र राष्ट्रको माया आफूमा रहेको भन्दै स्वाभीमानी आम नेपालीको जित भएको आफूले हेर्न चाहेको उहाँले बताउनुभयो। श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षित राख्ने गरी आजकै मितिमा नेपाल सरकारमा रहने गरी आफूले हस्तान्तरण गरेको उहाँले बताउनुभयो।
राष्ट्राध्यक्षका रुपमा नेपाल र नेपालीको हितमा काम गर्दा कसैको कुनै अधिकार हनन हुने किसिमको काम नगरेको दाबी गर्दै उहाँले आफू र आफ्नो परिवारबाट विगतमा भएका कामबाट कसैमा हानि वा पीडा पुग्न गएको भए त्यसलाई अन्जानमै भएको भनी बुझिदिन आग्रह गर्नुभयो।
विगत सात वर्षमा आफूले प्रत्यक्ष शासन लिँदाखेरि मजदुर, उद्योगपति, व्यापारी, बुद्धिजीवी, युवा, धार्मिक संघसंस्था, नागरिक समाज, कर्मचारी तथा विभिन्न तह र तप्कामा रस्वदेश र विदेशमा रहेका नेपालीप्रति आभार पनि व्यक्त गर्नुभयो।
नेपालको सधैं हित चिताउने अन्तर्राष्ट्रिय जगत् र कूटनीतिक नियोगलाई पनि धन्यवाद दिनुभयो। साथै राजदरबारमा खटिएका सबै कर्मचारी, सुरक्षाकर्मीलाई पनि धन्यवाद दिनुभयो। नेपाल सरकारबाट भएका र भविष्यमा पनि हुने सहयोगप्रति पनि धन्यवाद दिनुभयो।


 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com