१२ जुन २००८ बेल्जियम।
नेपाल संघिय लोक्तान्त्रिक
गणतन्त्रात्मक राज्य घोषणा भएको खुशीयाली मा बेल्जियम मा नेपाली
लोक तान्त्रिक मञ्च बेल्जियम ले यही जुन २९ तारिकमा बनभोज कार्यक्रमको
आयोजना गर्दै छ । बेल्जियमको अतिनै रमाइलो बनभोज पार्क वाभर पार्कमा
आयोजना हुन गइ रहेकोको उक्त बन भोज कार्यक्रममा बेल्जियम रहेका सम्पूर्ण
नेपाली लाई आमन्त्रण गरिएको छ ।
एन डि एफ बेल्जियम को २५ मेमा बेल्जियमको लुभेन शहरमा
बसेको बैठकको निर्णय अनुसार नेपाल
संघिय लोक्तान्त्रिक गणतन्त्रात्मक
राज्य घोषणा भएकोमा नेपाल सरकार र नेपाली जनता लाई हार्दिक बधाई
तथा शुभ कामना ब्यक्त गर्दै बेल्जियममा पनि खुशीयाली मनाउनको लागि
उक्त बन भोज कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको थियो । साथै उक्त
बैठकले बनभोज कार्यक्रम लाई सम्पन्न गर्नको लागि पुष्पराज
अधिकारीको संयोजकत्वोमा एक ब्यबस्थापना समिती पनि गठन गरेको छ ।
समितीका अन्य सदस्यहरु मा बोधराज पौडेल लुभेन , अर्जुन दाहाल गेन्ट
,सरस्वती चापागाइ एन्त्वेर्पेन ,किशन के सि एन्त्वेर्पेन , नारायण
चित्रकार एन्त्वेर्पेन , पुष्पराज अधिकारी लुभेन , बिष्णु तिवारी
लुभेन र शिव कुमार बरुवाल सिन्त्-त्रुइदेन रहेका छन ।
|