काठमाडौं। प्रधानमन्त्री माधवकुमार नेपालले आज
मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन्। प्रधानमन्त्रीसँग भेट
गर्न बालुवाटार पुगेको फोरमका तर्फबाट उपप्रधानमन्त्रीमा नियुक्त
विजयकुमार गच्छदार ले मन्त्रिपरिषद्लाई पूर्णता दिन र फोरमका
तर्फबाट पाँच मन्त्री र पाँच राज्यमन्त्री दिन माग गरेका थिए।
गच्छदारलाई प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने र
फोरमले चार मन्त्रालयमा सहमति गर्न आग्रह गरेको थिए।
प्रधानमन्त्रीलाई गच्छदारले चार मन्त्रालय दिने भए पाँच
राज्यमन्त्री दिन आग्रह गरेका थिए। साथै उनले सरकारलाई फोरमका
तर्फबाट पूर्ण समर्थन हुने र सरकार ढाल्ने कुनै पनि खेलमा नलाग्ने
हुँदा ढुक्क हुन आग्रह गरेका थिए।
फोरम प्रवक्ता जितेन्द्र देवका अनुसार प्रधानमन्त्रले सपथ लिएर पनि
तीन सातासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको गुनासो गरेको
थिए। भेटका लागि गच्छदार, शरदसिंह भण्डारी, प्रवक्ता देवलगायतका
नेताहरु बालुवाटार पुगेका थिए।
|