१३ अक्टुबर, ०८। अष्ट्रेलियामा रहेका म्याग्देलीहरुको
संगठन म्याग्दी सेवा समितिले नेपालीहरुको महान पर्व बिजयादशमी तथा
शुभ दिपावलीको पावन अवसरमा विविध सांगीतिक प्रस्तुतीहरु रहेको भब्य
नेपाली साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
बिभिन्न प्रयोजनका लागि अष्ट्रेलियामा रहेका म्याग्देलीहरुकासाथै
आम नेपालीहरुकै साझा हकहित र भलाईका लागि बिदेशमा सक्दो सेवा एवं
टेवा पुर्याउने उद्देश्यले म्याग्दी सेवा समितिको स्थापना भएको
बताइन्छ । नेपालीहरुको महानपर्व बडा दशैं र दिपावलीको उपलक्ष्यमा
अष्ट्रेलियामा रहेका नेपालीहरुबीच सामूहिक भेटघाट र शुभकामना
आदान-प्रदान गर्ने गराउने, पारस्परिक सम्बन्ध र सहयोगमा बिकास एवं
बिस्तार गराउनुकासाथै र सांगीतिक मनोरञ्जन दिलाउने उद्देश्यले उक्त
कार्यक्रमको आयोजना गरिएको आयोजकहरु बताउँछन् ।
निम्न मिति, समय र स्थानमा हुन गईरहेको अत्यन्त मनोरञ्जनपूर्ण उक्त
कार्यक्रममा सहभागी भई बिदेशमा भएपनि आफ़्नो मौलिक कला, सँस्कृति र
रितिरिवाज एवं चाडपर्वको संरक्षण एवं संबर्द्धनमा योगदान पुर्याउने
अभियानमा सहयोग गर्नुहुन अष्ट्रेलियामा रहेका आम नेपालीहरुलाई
आयोजकहरुले हार्दिक अपिलसमेत गरेका छन् । कार्यक्रम सम्बन्धि विवरण
Nepalese Cultural Program 2008
Date: 25 October, 08
Venue: 303 Marrickville rd, Marrickville
Time: 6 pm
Ticket : Au$ 25:00
|