उमेश बस्नेत
कोरिया,
१३ अक्टुबर, ०८। गत११ तारिक सनिबारको दिन योङसान स्टेसनबाट ७०८०
नामक एक ट्रैन ग्वाङ्जु स्टेसनको लागि रिजर्व गरिएको थियो। जुन ग्वाङ्जुमा
७०८० फेस्टिभलको लागि कोरियान र बिदेशी गरी ७०० देखी ८०० को
हाराहारीमा बिदेसी र कोरियेन यात्रुहरु ४ घण्टाको लामो यात्रामा प्रस्थान
गरिएको थियो।
लामो सफरमा पनि दर्सक बोर नहोस भन्ने सोचेर
नुरे बैंक(कोरियान गीत सङ्ग्रह) को पनि ब्यबस्था गरिएको थियो। लामो
यात्राको समयमा बिदेसीले कोरियान गीत गाउदा कोरियन हरु दङ भएको
देखिन्थ्यो। ग्वाङ्जु स्टेसनमा ग्वाङ्जु मेयरले बिदेशी तथा कोरियान
सबै दर्सकलाई स्वागत गरी स्वागत मन्तब्य ब्यक्त गरेको थियो।
" ७०८० ग्वाङंजु फेस्टिभल"मा नेपाल कोरिया साँस्कृतिक मञ्च(NKCF)ले
नेपालको तर्फबाट भाग लियेको थियो। (NKCF) को तर्फ बाट पहिलो चरनमा
ओङगाक्सा गुम्बामा आफ्नो साँस्कृतिक झलक देखाएको थियो भने दोस्रो
चरनमा ७०८० को मुख्य स्टेज ७०८० मेमोरिएल स्टेजमा लाखौं दर्सक माझ
आफ्नो प्रस्तुति देखाएको थियो। भिन्ना भिन्नै कार्यक्रममा लाखौं दर्सक
उपस्थिती रहेको थियो। (NKCF) को तर्फ बाट :- लाखौं मुटुको, रेसम
फिरिरी ग्रुप गीतले दर्सक रोमन्चित भएको देखिन्थ्यो। साथमा (NKCF)नेपाल
कोरिया साँस्कृतिक मञ्चको परिचय दिनुको साथै उपस्थिती दर्सक हरुलाई
रेसम फिरिरी गीत (NKCF) को कलाकारहरु सँग सँगै गीत गाउँन उत्प्रेरित
बनाउदा कोरियान दर्सकहरु रमाइ रमाइ गाएको देखिन्थ्यो।
बिच बिचमा (NKCF) का अध्यक्ष श्री प्रेम गुरुङले {सामान्य ज्ञान}जुन
नेपाल र नेपालि लाई चिनाउने सगरमाथाको उचाइको ठीक उत्तर दिने
कोरियन लाई उपहार दिनु भएको थियो। त्यसै गरि बुद्ध भगवानको जन्मस्थल
नेपाल भएकोकुरा स्पस्ट पार्नु भएको थियो।" ७०८० ग्वाङंजु फेस्टिभल"मा
(NKCF) बाट प्रेम गुरुङ, चन्द्र लामा, दिल राइ,रोसन भट्टराई, जतिन
श्रेष्ठ र राज डङ्गोलले आफ्नो आफ्नो प्रस्तुती छुटा छुटैस्टेज गरी
३ स्टेजमा देखाएका थिए।" ७०८० ग्वाङंजु फेस्टिभल"मा ग्वाङ्जु स्थित
विश्वा बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नेपाली स्टलमा नेपाली
पारीकार ,नेपालित्व झल्किने सामाग्री राखिनु को साथै नेकोसाम(NKCF)
का कलाकारहरुलाई कार्यक्रममा उपस्थिती भएर हौशला प्रदान गरेका थिए।
|