www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

सबैको आकर्षण तरकारी खेती

अमृत बास्कुने म्याग्दी ब
१३ अक्टोबर ०८ ।
 म्याग्दी विदेश पलायन हुनेहरुको लागि नमुनाको रुपमा पर्वतका माझफाँट, धाईरिङ्ग, नाग्लीवाङ्ग लगायतका गाविसहरुका कृषकहरुले बेमौसमी तरकारीको बिउ उत्पादन गरी लाखौं आम्दानी गरेका छन्।  बजारमा ताजा तरकारीको माग बढ्न थालेपछि स्थानिय वासिन्दाहरु तरकारी खेतीतर्फ आकर्षित भएका हुन्।

उनीहरुको वार्षिक आम्दानी अहिले १ लाख ५० हजारभन्दा बढी हुने गरेको ईन्द्र प्रसाद आचार्यले बताए। मिलनचोक स्थित अमृत विउ भण्डारका सञ्चालक एवं कालीगण्डकी तरकारी उत्पादन समुहका सचिव ईन्द्रले विगत १० वर्षदेखि तरकारी खेती गर्दै आएको बताउँछन्। उनले हाल मासिक १२ देखि १५ हजार सम्म आम्दानी गर्ने गरेका छन्।  धाईरिङ्ग ४ लामावगरका बासुदेव आचार्यले मासिक १० हजार नाफा गर्छन।

तरकारी खेतीका लागि जिल्ला कृषि विकास कार्यालय पर्वतको सामान्य सल्लाह बाहेक अन्य आफ्नै सिप र मेहनतमा यसरी नाफा गरेको उनको धारणा छ। धाईरिङ्ग–४, सल्यानका हरिप्रसाद आचार्य कृर्षि कार्यालयले उचित बजारको व्यवस्था गरिदिए कृषकहरुलाई सुविधा हुने धारणा राख्छन्। बेमौसमी तरकारी उत्पादनका लागि म्याग्दीको रत्नेचौर, सिंगा, पुलाचौर तथा पर्वतका धाईरिङ्ग, माझफाँट, लेकफाँट, लगायतका गाविसहरुमा कृषकहरुले २५ देखि ३० हजारको लागतमा प्लास्टिकको घर निर्माण गरेका छन्। उनीहरुले एउटा प्लास्टिक घरभित्र लगाएको तरकारीबाट ५५ देखि ६० हजारसम्म नाफा कमाउने गरेको बताउँछन्। बैदेशिक रोजगारीको लागि १ लाख लगानी गरेर विदेश गई २ वर्ष बस्दा पनि लागन उठाउन नसकेपछि फर्केर यहि आएर तरकारीबाट ६ लाख आम्दानी गरिसकेको बताउँछन् लुङ्दीका तिर्थ बहादुर खत्री। त्यस्तै नाग्लीबाङ्ग गाविस फर्सेका तरकारी बाजेका नामले परिचित जिवानन्द सापकोटाले विगत १७ वर्षदेखि तरकारी खेतीलाई निरन्तरता दिएको बताउँछन्। 

लोक एण्ड टिका कप फुटबलको उपाधि दोभानलाई
असोज २४ म्याग्दी म्याग्दी/हिन्दुहरुको महान चाड बिजया दशमीको अबसरमा आयोजना गरीएको लोक एण्ड टिका स्मृती फुटबल प्रतियोगीताकोव उपाधि दोभान युवा क्लब बेनीले हात पारेको छ।  तिन बर्ष पहिला पर्बतको डिमुवा नजिकै भएको साझा यातायातको गाडि दुर्घटनामा परि मृत्यु भएका सिङ्गा सुर्केमेलाका फुटबल खेलाडिहरु लोक पुन र टिका पुनको स्मृतीमा स्थापीत उक्त क्लबले आयोजना गरेको फुटबलमा तातोपानी युवाक्लबलाई पराजित गर्दै उपाधि दोभानले हात पारेको हो। प्रतियोगीतामा भएको फाईनल खेलमा शुन्यका बिरुद्ध २ गोलले पराजित गर्दै दोभानले उपाधि हात पारेको हो। 

दशै मनाउनेहरुको चहलपहल बढ्दो
असोज २४ म्याग्दी म्याग्दी/हिन्दुहरुको महान चाड बिजया दशमीको टिका लगाएर आफ्ना आफन्तको आशिर्बाद थाप्न जानेहरुको चाप बेनीमा आज देखि ह्वात्तै बढेको छ। कोजाग्रत पुर्णीमा सम्म आफ्ना आफन्तको हातको टिका लगाउन जानेहरु अहिले बेनीमा बढेका हुन्। बेनी बजारका पसलहरु प्राय अझै पनि बन्द रहेको अबस्थामा टिका थाप्न जानेहरुले बजारको रौनक बढाएका हुन्।  यात्रुहरुको चाप अनुसारको गाडिको ब्यबस्था भने हुन सकेको छैन्। भोली बिहान बेनी बाट छुट्ने गाडिको टिकट आजै बिक्रि भैसकेको छ। आज पनि म्याग्दी बाट लामो दुरीमा छुट्ने गाडिहारु प्याक भएको बसकाउण्टरले जानाकारी दीएको छ। काउण्टरमा टिकट लिनेको समेत घुईचो अत्याधिक रहेको छ।



 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com