www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

एन आर एन बेल्जियमको दोस्रो साधारण सभा सम्पन्न

१३ अक्टोबर ०८ ।
यही २१ सेप्टेम्बरमा निर्वाचन मात्र भइ रोकिएको एन आर एन बेल्जियमको साधारण सभा यही १२ अक्टोबरमा सम्पन्न भएको छ । अतिनै तनाब पूर्ण बातावरणमा सम्पन्न उक्त साधारण सभाले
२१ सेप्टेम्बरमा निर्बाचित पिजी शेर्पाको नेत्रित्वोमा बनेको एन आर एन बेल्जियमको आगामी कार्य समिती लाई पदस्थापना गरेको छ ।
उद्धाटन समारोह र वन्द सत्र गरी दुइ सत्रमा विभाजित NRN वेल्जियमको साधरण सभाको पहिलो सत्रको उद्धाटन सत्रको सभापतित्व अध्यक्ष युवराज गुरूङले गरेका थिए भने सो कार्यक्रमको संचालन महासचिव सन्तोष जोशीले गरेका थिए। उक्त उध्घाटन सत्र मा नेपाल बाट पाल्नु भएका सभासद द्वय आङ दावा शेर्पिनी र पासाङ प्रमुख अथिति र बिशिट
अथितिको आसन बाट बोल्दै साधरण सभाको सफलताको कामना गर्दै नेपालमा अव लेखिन गैरहेको भनिएको संविधानमा गैरआवासीय नेपालीहरूका मागहरूलाइ सम्वोधन गर्न आफ्नो तर्फवाट पहल गर्ने प्रतिवद्दता जाहेर गरेका थिए ।
 

समारोहमा अतिथि ,प्रमुख अतिथ तथा विशिष्ट अतिथिहरूलाइ सस्थाका सदस्य माधव सापकोटाले गरेका थिए सो उद्धाटन समारोहमा म्याग्दी प्रबाशी नेपाली संघका अध्यक्ष शिव कुमार बरुवाल , इन्द्र धनुष क्लवका अध्यक्ष मिन गुरूङ, इनेपालका सम्पादक कृष्णप्रसाद रेग्मी , पासा पुचका अध्यक्ष रविन्द्रमान श्रेष्ठ,साग्रीला समाजका अध्यक्ष दिपेन्द्र केसी , NRN ICC का रविन्द्रमान श्रेष्ठ , एनडिफ वेल्जियमका अध्यक्ष तुलसी नाथ सुवेदी , नेपाली जनप्रगतिशिल मंचका अध्यक्ष विष्णु भूजेल ,शेर्पा किदुग वेल्जियमका अध्यक्ष पिजी शेर्पा लगायतका महानुभावहरूले सो साधरणसभाको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
 

त्यस पछि लगत्तै सूरू भएको साधरणा सभाको वन्द सत्रको संचालन सस्थाका सचिव तथा तत्कालिन निर्वाचन समितिका संयोजक वोधराज पैाडेल गरेका थिए भने सभापतित्व युवराज गुरूङले गरेका थिए । सो वन्द सत्रमा कोषाध्यक्ष वासुदेश खड्काले आथिक प्रतिवेदन तथा सन्तोष जोशीले NRN वेल्जियमको विगत २ वर्षे कार्यकालको प्रगति प्रतिवेदन पेश गरेका थिए ।
त्यसै गरी विधान शंशोधन मसैादा माधव सापकोटाले गरेका थिए । त्यस पछि वन्द सत्रको अध्यक्ष गरिरहेका गुरूङले तत्कालिन कार्यसमितिलाइ भंग गरी आ सी सी प्रतिनिधि रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय अध्यक्ष मण्डलको धोषणा गरेका थिए । श्रेष्ठको अध्यक्षता वसेको सो सभामा कोषाध्यक्ष , महासचिवले अनुमोदनका लागि पेश गरेका आथिक र प्रगति प्रतिवेदन साधरण सभाको वैठकले सामान्य सुझाव र प्रतिकृयाका साथमासो अनुमोदन गरेका थिए ।

त्यस पछी प्रस्तावित बिधान माथि छलफल हुँदा हल मा निकै तनाब पूर्ण बाटन देखिएको थियो । बिशेष गरेरा बिधान मा अध्यक्ष ले ४ जना लाई का स मा मनोनित गर्न सक्ने र एन आर एन को आ आइ सि सि मा निबर्तमान अध्यक्ष्य स्वत:लाई पठाउनु पर्ने जस्ता बुदा राखेको ले हल मा उपस्थित अधिकांस sadasya ले उक्त बुदा लाई हटाइनु पर्ने माग राख्दा कही ब्याक्ती हरुले यी बुदा हरु हटाइ नु हुँदैन भन्दै जबर्जस्ती बल मि चाइ बाट राह्न खोजे का थिए तर अन्त मा ह ल बाट अधिकांस सदस्य ले चर्को बिरोध गरे पछी उक्त बुदा हटाइ बिधान अनुमोदन गरिएको थियो ।
त्यस पछि निर्वाचन समितिका संयोजक वोधराज पोडेलले नव निर्वाचित अध्यक्ष सहितका पदाधिकारीहरूको धोषणा गरेका थिए ।निर्वाचित भएका सदस्यहरू तथा पदाधिकारीहरूलाइ आ सी सी प्रतिनिधि रविन्द्रमान श्रेष्ट तथा संविधान सभाका सदासदहरू आङ दावी शेर्पा र पासाङ शेर्पाले फुलमाला लगाइ स्वागत गरीएको थियो भने निर्वाचन आयोगले प्रमाणपत्र वितरण गरेको थियो ।
विजयी भएका अध्यक्ष पिजी शेर्पा उपाध्यक्षहरू श्रीप्रसाद सापकोटा ९श्री दाई० लिलाधर पन्त , महासचिव नन्दराज घले , सचिब  नेत्रवहादुर मगर ,सदस्यहरू जीत वहादुर गुरूङ ,रविन श्रेष्ठ,रमेश कडेल ,सुमनशर्मा निउरे, दुर्गा प्रसाद सुवेदी, प्रसान्त श्रेष्ठ ,फू दोर्जे लामा ९फूला०,घनश्याम शर्मा,ज्ञानबहादुर बिक ,कुमार जोशी ९केदार० ,योगेन्द्र श्रेष्ठ,तेज बहादुर नेपाली,अन्जन भट्टराई,यमुना रोक्का मगर लाइ खादा पहिराइ माला लगाइ सम्मान गरीएको थियो ।

सो  कार्यक्रममा नव निर्वाचित  अध्यक्ष तथा पदाधिकारीहरूलाइ   युरोप सहसंयोजिका  जानकी गुरूङले  सपथ ग्रहण गराएकी  थिइन ।


 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com