पुरुशोत्तम सुबेदी -बेल्जियम
हिन्दू हरुको महान चाड बडा दसैं अब बिदेसमा पनि तिब्रताका साथ
मनाइन थालियको आभास भयको छ । सन १९९० देखी बिदेसमा छरिन पुगेका
नेपाली हरु अब विश्वको जुन कुनै देसमा पनि आफ्नो धर्म र संस्क्रिती
लाई संसार सामु पहिचान गराउन सफल हुँदै छन । सन २००४ देखी हाल सम्म
को बेल्जियम को सामान्य अन्दाज ले के देखायको छ भने हिन्दू
संस्क्रिती अगाडि बढाउन नेपाली नारी हरुको ठुलो हात रहेको देखियको
छ । बिगत केही बर्ष यता बेल्जियम मा थुप्रै नेपाली हरुले
प्रामानेन्ट रेसिडेण्टी प्राप्त गरी आ आफ्ना परिवार समेत सेटल गरी
सकेका छन । आखिर मानिस जहाँ गय पनि आफ्नो संस्कार र संस्क्रिती
साथमै जादो रहेछ । बेल्जियम मा बस्ने नेपाली हरु पनि आफ्ना परिवार
संग र आफ्ना आफन्तजन संग रमाउन आफ्नो संस्कार संस्क्रिती संग
दांजिन थालेका छन
।
सन
२००६ देखी बेल्जियम मा नेपाली महिला र बालबालिका को संख्या
ह्वात्तै बढेको छ ।
बेल्जियम
मा नेपालीहरुले स्थाइ बसोवास संगै अब नेपाली हरु आफ्नो संस्कार लाई
पनि बढी जोड दियको पुस्टि हुन्छ । किनकी हरेक बर्ष आउने चाड पर्वमा
महिलाहरु को अग्रसरता बढी देखिन्छ । हरेक बर्ष चाड आफ्नै कोठामा
मान्ने र बाहिर निस्कन नमान्ने गोरेहरु संग शर्माउने आदी कृयाकलाप
हरु अब बिस्तार हट्दै गयको छ । खास गरी परिवार संगका नेपालीहरु
दसैं वा जुन कुनै चाड मनाउन निर्धक्क अगाडि बढेका छन । अस्थाइ
बसोवास हुँदा यक टोक्रा बियर संग दसैंको बेलामा कोठा भित्र रमाउने
नेपाली आज ३-४ बाल बच्चाहरु संग खुल्लम खुल्ला टिका जमरा लगाइ
बाहिर अन्य आफन्त जनकोमा गै टिका ग्रहण गरेका छन । यसले पनि के
पुस्टि हुन्छ भने बिदेसमा नारी बिनाको यक्लो मानिस ले संस्कार र
संक्रिती लाई पछ्याउन त्यती सफल हुँदैन । किनकी अझै पनि केही
नेपाली पुरुष बिदेसमा पनि संस्कार बिहिन र बिक्रिती तिर नजिक
देखियको छ । फेरी पनि नेपाली नारी हरु आफ्ना लोग्ने हरुलाई सहि
बाटो तर्फ डोरयाउदै आफ्ना चाड वाड बिदेसी भुमिमा खुशीका साथ मनाउन
थालेका छन । बिगत ३ बर्ष यता बेल्जियम मा तिज दसैं र तिहार निकै
जांगर का साथ मनाईयको भान हुन्छ । पोहोर साल भन्दा अझै खुल्ला
रुपमा यसपाली बेल्जियम शहरमा दशै मनाइयको छ । चाड पर्वका दिन आ
आफ्नो घरमा मिस्ठान्न पारीकार त सबैको घरमा हुन्छ नै । तर यस पाली
यक घर बाट अर्को घरमा आफ्ना मान्यजन को हातको टिका लगाउन जाने क्रम
निकै तिब्र देखियको थियो।
छिट पुट मानिसहरु टिका लगाइ बाहिर जांदा आफ्नो निधारको टिका पुछेर
बाहिर गयको र भित्र आयर पुन टिका लगायका प्रमाण पनि नदेखियका
होइनन । आखिर यसो किन त- किनकी नेपाली आफ्नो पछौटे पनलाई अझै पनि
सुधार्न सकेका छैनन भन्ने प्रमाण हो । आफ्नो संस्कार बिनाको कुनै
पनि मानिस अधुरो हुन्छ । जब मानिस आफु संपन्न हुन्छ - तव उ कि त
धार्मिक हुन्छ -या त उ पुरै नास्तिक हुन्छ । जे होस बेल्जियम मा
हिन्दू संकार संखे किराको चाल् जस्तै धिमी गतिले अगाडि बढेको महसुस
भयको छ ।
|