काठमाडौं। एकृकित नेकपा माओवादीका कार्यकर्ताले बिहानदेखि नै
उपत्यकाको यातायातमा रोक लगाएका छन्।
माओवादीले आफ्ना काठमाडौं जिल्ला कमिटि सदस्य राजेन्द्र फुयाँलको
एमाले कार्याकर्ताहरुले हत्या गरेको भन्दै अप्रत्यासित काठमाडौं
बन्दको घोषणा गरेको हो।
एक साता अघि अपहरण भएका भनिएका माओवादी कार्यकर्ता फुयाँललाई
शिक्षण अस्पताल माहाराजगंजमा पोष्टमार्टम गरेको अवस्थामा आइतबार
फेला पारेका थिए।
माओवादी कार्यकर्ताहरु काठमाडौं, भत्तपुर र ललितपुरका चोकचोकमा
बसेर सवारी साधनलाई चल्न दिएका छैनन्। साइकल चलाएर गन्तव्यमा पुग्न
खोज्नेलाई समेत साइकलको हावा निकालिदिएर पठाउने गरेका छन्।
हातमा छड र लाठी बोकेका माओवादी कार्यकर्ताहरुलाई सर्वसाधारण
आतंकित पार्दै साइकल र रिक्साबाट समेत ओरालेर हिड्न बाध्य पारेका
छन्। यसअघिका बन्दहरुमा साइकल र रिक्साहरु चल्ने गर्दथे।
प्रहरीले निज फुयाँललाई काभ्रेथलीमा घाइते अवस्थामा फेला पारेर
उपचारका क्रममा निधन भएको जनाएको छ। यसैबीच माओवादीले सदूरपश्चिम
पनि बन्द गराएको छ। भने कांग्रेस कार्यकर्ताको हत्याको विरोधमा
चितवन पनि बिहानदेखि नै बन्द छ।
|