१५ जुन २००८ काठमाडौं ।
सबैभन्दा बढी उमेरमा सगरमाथा चढेर किर्तीमान राख्ने मीनबहादुर
शेरचन र समावेशी महिला टोलीको स्वागतमा आज प्रधानमन्त्री गिरिजाप्रसाद
कोइरालाले चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ ।
सोही अबसरमा प्रधानमन्त्री कोइरालाले आरोहीको सम्मान गर्न जे गर्नुपर्छ
त्यसको लागि आफु तयार भएको बताउनुभयो । प्रधानमन्त्री गिरिजाप्रसाद
कोईरालाले पहिलो समावेशी महिला सगरमाथा आरोहण दलको नाममा कुनै
हिमालको नाम राख्न सहमति पनि जनाउनुभएको छ ।
बालुवाटारमा चियापानको निम्तो दिएका प्रधानमन्त्री कोइरालाले के गर्दा
आरोहीको सम्मान हुन्छ, त्यसबारे आफुलाई सुझाव दिन आग्रह गर्नुभयो ।
म्याग्दीका ७७ वर्षीय शेरचनले जेठ १२ गते विहान ८ बजेर ४० मिनेट
जाँदा सगरमाथाको आरोहण गर्नुभएको थियो ।
|