अमृत बास्कुने म्याग्दी,
१५
मे २००८
जिल्ला पशु सेबा
कार्यालय म्याग्दीले नौ महिनाको अबधिमा २७ हजार बढी पशु पंक्षीको
उपचार गरेको छ। पशु सेबा कार्यालय र शिबिर सञ्चालन गरी उक्त
संख्याम पशुपंक्षीलाई उपचार गरीएको जिल्ला पशु सेबा कार्यालयले
जनाएको छ।
कार्यालयका अनुसार ल्याब
रिपोर्ट एक हजार पााच सय, स्वास्थ्य परिक्षण पााचहजार आठसय, शिबिर
बाट एक हजार आठ सय, परजिबि न्युनीकरण आठ हजार र पिपिआर म्याक्सीन
१० हजार लाई दिईएको छ। जिल्ला पशु सेबा कार्यालयका अनुसार ग्रामीण
भेगमा शिबिर सञ्चालन एबं जिल्ला पशु सेबा कार्यालयमा आएका सेबाग्राहि
गरी उक्त संख्यामा पशु पंक्षीलाई उपचार गरीएको हो। १० महिनामा
तिनहजारको उपचार मुस्ताङ्ग जिल्लाको लेते गाबिसमा रहेको प्राथमीक
स्वास्थ्य केन्द्र लेतेले शुरुको १० महिनामा तिनहजारको उपचार गरेको
छ।
गत साउन देखि यता उक्त
स्ास्थ्य केन्द्रले तिनहजार एक सय बिरामीलाई स्वास्थ्य सेबा प्रदान
गरेको छ। स्वास्थ्य केन्द्रमा रुघाखोकी र निमोनियााको बिरामी बढी
मात्रामा आउने केन्द्रले जनाएको छ। पााच दरबन्दी खाली रहेको उक्त
स्वास्थ्य केन्द्रमा रक्तचाप, बाथ, दम, झाडापखालाका बिरामी पनि उल्लेख्य
रुपम आउने गरेको अहेब सीताराम कार्किले बताएका छन्। २०३१ सालमा स्वास्थ्यचौकीको
रुपमा स्थापीत उक्त स्वास्थ्य केन्द्र २०५७ देखि स्वास्थ्य केन्द्रको
रुपमा स्थापना भएको हो। बिरामीको चापलाई ध्यानमा राख्दै स्वास्थ्य
केन्द्रलाई स्वास्थ्य चौकीको रुपमा स्थापना गरीएको स्थानीय बासीन्दा
बताउछन्। खास गरी बिदेशि पर्यटकको चहल पहल बढीहुने लेतेमा पर्यटकको
नै बढि उपचार हुने गरेको समेत अहेब कार्कीले बताएका छन्।
|