१७ जुन २००८ काठमाडौं ।
आज प्रचन्ड निवासमा बसेको माओवादी सचिवालय बैठकले आफु सरकारबाट
बहिरिने निर्णय गरेको छ । नयाँ सरकारको निर्माणमा प्रधानमन्त्री
कोइराला बाधक भएको र उहाले आफुले राष्ट्रपती नपाए कुनै पनि हालतमा
सरकार नछाड्ने सोच बनाएकोले माओवादीले सरकार बाट बहिरिने निर्णय
गरेको स्रोत ले बताएको छ ।
सहमतीको लागि आज पनि प्रधानमन्त्री
कोइराला र प्रचन्ड लगाएत एमालेका नेताहरु संग आज दिनभर पहल गर्ने
दिन भरमा पनि नयाँ सरकारको सहमती नभएमा सबै मन्त्री हरुले बलुका सम्म
प्रधानमन्त्री लाई रजिनामा दिने र आफुहरु प्त्रती पक्षमा बसेर कङ्रेस
अलोक्तान्त्रिक निती र अनैतीकताको बिरुद्व सशक्त संघर्स गर्ने निर्णय
गरेको कुर माओवादी नेता मोहन बैद्धले बताउनु भयो ।
राष्ट्रपतीको लागि माओवादीले आजको
सचिवालय बैठक बाट पनि रामराजा सिहको नाम अगाडि सारेको र यस्लाई ७
दल र १३ दल को बैठकमा प्रस्तव गर्ने निर्णय गरेको छ भने काङ्रेस र
एमालेले उक्त प्रस्ताब अस्विकार गरेका छन ।
|