पवित्र तिर्थस्थल मुक्तिनाथ
नजिक को रानीपौवाका खगराज शास्त्रिले दिएको जानकारी अनुसार केहि
बिदेशी पर्यटक भारतिय मुलका ब्याक्तिहरु र काठमाण्डौ पोखराबाट फाट्टफुट्ट
मुस्ताङ आइ रहने केहि व्यक्तिहरुले खच्चडको भारी भित्र लुकाएर वा
आफ्ना झोलाहरुमा हालेर रातारात शालिग्राम लैजानेगरेका छनर तर यस सम्बन्धमा
स्थानिय प्रशासनलाइ न चासो छ न त सरकारले शालिग्राम संरक्षणको लागि
कुनै प्रयास नै गरेको छ।
धार्मिक ग्रन्थहरुमा शालिग्रामलाइ भगवान विष्णुको अंश मानिएको छ।
स्कन्दपुराणका अनुसार जालन्धर नाम गरेको एक अत्यन्त बलवाल असुरलाइ
मार्नको लागि भगवान विष्णुले जालन्धर पत्नि बृन्दाको सतित्व लुट्न
लाग्दा बृन्दाले विष्णुलाइ ढुङगा झार र रुख भए भनि श्राप दिएको र
सोहि श्रापले गर्दा बिष्णुले शालिग्राम तुलसी र पिपलको रुप धारण
गरेको बताइएको छ।
त्यस्तै आर्थिक दृष्टिकोणले पनि शालिग्राम अत्यन्त महत्वपूर्ण
मानिन्छ। असलि शालिग्राम भित्र सुनका कणहरु रहने हुदाँ यसको चोरि
निकासी बढेको बुढापाकाहरु बताउँछन। यति मात्र होइन शालिग्राम घर
सजावत र मार्वलको रुपमा समेत प्रयोग गर्नको लागि युरोपसम्म
पु-याइएको बताइन्छ।
बेनी बजारका संस्कृति बिद प्रकाश श्रेष्ठका अनुसार शालिग्रामको
अनुसार शालिग्रामको अवैधरुमा चोरी निकासी हुने क्रम बढेको छ। श्रेष्ठ
भन्नुहुन्छ जबसम्म प्रहरी प्रशासन राजनितिक ब्यक्तित्व र स्थानिय
वासिन्दाहरु सचेत हुदैनन तव सम्म शालग्रामको चोरि निकासी रोकिदैन।
त्यसैगरी गलेश्वर मन्दिरका मुल पुजारी यामप्रसाद आचार्यले दिनदहाडै
शालिग्रामको चोरी निकासी हुने बताउदै यसको संरक्षणमा सरकारले कुनै
प्रयास नगरेकोमा दुख ब्यक्त गर्नुभयो। पुजारी आचार्यका अनुसार
कालिगण्डकीको शालिग्राम चिन्नेलाइ श्रीखण्ड नचिन्नेलाइ खुर्पाको
बिड जस्तै भएको छ।
शालिग्रामको महत्व बुझेका ब्यक्तिहरु नै चोरी निकासीमा सक्रिय भएको
बतउदै आचार्यले भन्नुभयो। जैविक दृष्ठिकोणले समेत महत्व पूर्ण
मनिएको कालिगण्डकी क्षेत्र अमुल्य जैविक खजानाहरुको भण्डार भएता
पनि यसको संरक्षण प्रवध्द्धन तथा प्रशोधनमा कसैबाट पनि पहल गरिएकव
छैन। विशेष गरेर कालिगण्डकी क्षेत्रमा पाइने अमुल्य जडीबिटिहरु यार्सागुम्वा
सतुवा पाँचऔला जतामसी टिम्मुर लगाएतका चिजहरु प्रशोधनको अभावमा
जंगलमा नै कुहिएका छन भने चौरी बदेल त्रित्रा कालिज लगाएतका पशु पन्छिहरु
उचित प्रयोग र संरक्षण नहुदाँ अलपत्र अवस्थामा रहेको स्थानिय बासिन्दाहरुले
गुनासो गरेका छन।
मौन रहने हो भने सकिएला शालिग्राम कालिगण्डकीको
पवित्र तिर्थस्थल मुक्तिनाथ नजिक को रानीपौवाका खगराज शास्त्रिले
दिएको जानकारी अनुसार केहि बिदेशी पर्यटक भारतिय मुलका ब्याक्तिहरु
र काठमाण्डौ पोखराबाट फाट्टफुट्ट मुस्ताङ आइ रहने केहि व्यक्तिहरुले
खच्चडको भारी भित्र लुकाएर वा आफ्ना झोलाहरुमा हालेर रातारात शालिग्राम
लैजानेगरेका छनर तर यस सम्बन्धमा स्थानिय प्रशासनलाइ न चासो छ न त
सरकारले शालिग्राम संरक्षणको लागि कुनै प्रयास नै गरेको छ।

|