अमृत बास्कुने
१८ जुन
म्याग्दी
म्याग्दी/सदरमुकाम बेनी देखी १२ किलोमिटर पश्चिम सीङ्गा ४ तातोपानी
स्थीत तातोपानी बजारका एक सय घर म्याग्दी नदीको कटानले बिस्थापित
हुने अबस्थामा पुगेका छन्। बर्षादको सुरुवात संगै म्याग्दी नदीमा
आएको बाढीले कटान गर्न थाले पछि तातोपानीका एक सय घर परिवार बिस्थापीत
हुने अबस्थामा पुगेका हुन्।
नेपाल रेडक्रस
सोसाईटी म्याग्दीका अध्यक्ष मुक्ती रोकाका अनुसार तातोपानीमा म्याग्दी
नदीको कटानले बिस्थापीत हुने अबस्थाम पुगेकाहरुको उद्दारको लागी
रेडक्रस मार्फत जिल्ला दैबि प्रकोप समितिमा कटान रोकथामको लागी पहल
गरीएको छ। पहल अनुरुप हाललाई बिस थान ग्याभिन जाली समितिले तत्काल
सहयोग स्वरुप निःशुल्क उपलब्ध गराउने निर्णय भएको रोकाले जानाकारी
गराएका छन्।
बालविकास केन्द्रको भवन उद्घाटन
म्याग्दी/जिल्लाको झीं गा.वि.स. वडा नं. ८ का कालो पुर्जाले दान
गरेको २ रोपनी जग्गामा निर्माण गरिएको शिशुकल्याण बाल विकास केन्द्र
भवनको उद्घाटन गरिएको छ। स्वर्गीय कालो पुर्जाले २०६४ असौज
महिनामा उक्त जग्गा बालविकास केन्द्रलाई प्रदान गरेका थिए।
सो जग्गामा झीं
गा.वि.स.को एक लाख नगद अनुदान र स्थानीय अभिभावकहरुको करिब एक लाख
बराबरको श्रमदान परिचालन गरी २ कोठे उक्त भवन निर्माण गरिएको हो।
जग्गादाता कालो पुर्जाको ०६५ वैशाखमा निधन भएको थियो। उद्घाटन कार्यक्रममा
जग्गादाता पुर्जाका धर्मपत्नीद्वय लालमती पुर्जा र विष्णुमती पुर्जालाई
अभिनन्दन गरिएको थियो। बालविकास केन्द्रको स्थापना कालमा कक्षा
संचालनको लागि आफ्नो घर उपलब्ध गराउने लोकमाया रोकालाई समेत सो
अवसरमा सम्मान गरिएको थियो।
उद्घाटन कार्यक्रममा
निवर्तमान गा.वि.स. अध्यक्ष रत्नबहादुर थजाली, गा.वि.स.सचिव दामोदर
रिजाल, महेन्द्र मा.वि. झीं का प्र.अ. यामबहादुर शेर्पुन्जा, जग्गादाताका
छोरी डिलकुमारी पुर्जा, गौरव प्रा.वि. का प्र.अ. नौली थजाली,
बालविकास केन्द्रका सहयोगी कार्यकर्ता खमाया शेर्पुन्जा शोभा
कुमारी राम्जाली बालविकास केन्द्रका अध्यक्ष हरिबहादुर थजाल
लगायतले मन्तव्य व्यक्त गरेका थिए। उक्त बालविकास केन्द्रमा जिल्ला
शिक्षा कार्यालयले समुदायमा आधारित बालविकास केन्द्र ९भ्ऋम्० र प्राथमिक
शिक्षा विस्तार कार्यक्रम ९क्इए० लागु गरेको छ। झीं गा.वि.स.को उक्त
क्षेत्रमा हालसम्म विद्यालय स्थापना नभएको र नजिकमा विद्यालय समेत
नभएको हुादा शिक्षा बाट बञ्चित विद्यार्थीहरुको लागि यी कार्यक्रमहरु
संचालन गरिएका हुन्।
बाल संगठनलाई ७४ हजार
म्याग्दी/जिल्ला बाल संगठन म्याग्दीलाई यस आर्थीक बर्षको ११
महिनाको अबधिमा राहदानीको फर्म बितरण बाट करिब ७४ हजार आम्दामी
भएको छ।
जिल्ला प्रसासन कार्यालय
बाट बितरणहुने राहदानीको फर्म बितरणको जिम्मा पाएको बाल संगठनले उक्त
रकम राहदानीको फर्म बितरण बाट संकलन गरेको बाल संगठनका नबराज
पौडेलले बताएका छन्। पौडेलका अनुसार यो आर्थीक बर्षको ११ महिनामा
दुई हजार नौ सय ५६ राहदानी फर्प बितरण बाट ७३ हजार नौ सय संकलन
भएको छ। बाल संगठनले आर्थीक बर्ष ०६२/०६३ मा ९९ हजार आठ सय र
०६१/०६२ मा एक लाख सात सय ५० रुपैया बाल संगठनले जम्मा पारेको थियो।
अहिले जिल्ला बाल संगठनमा ११ जना बालबालीका रहेका छन्। जिल्ला प्रसासन
कार्यालय म्याग्दीले भने बैशाख अन्त्य सम्म मात्रै जिल्लामा
दुईहजार नौ सय ४८ राहदानी बितरण गरेको जनाएको छ।