१८ जुन काठमाडौं ,
बढ्दै गएको राजनीतिक गतिरोध अन्त्यका विषयमा तीन ठूला दल
माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक दुई घण्टाका
लागि स्थगित भएको छ। यदी आज पनि नयाँ सरकार को बारेमा कुनै सहमति
नभएमा माओवादी सरकार बाट बहिरिने निस्चित भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानबाट बसेको बैठक अहिले
नेकपा एमालेको स्थायी समितिको बैठक बस्नुपर्ने भएकोले दुई घण्टाका
लागि स्थगित गरिएको हो। तीन दलको बैठक स्थगित भएपछि नेकपा माओवादी
र नेपाली कांग्रेसबीच दुई पक्षीय छलफल भइरहेको छ।
बैठकपछि एमाले नेता विष्णु पौडेलले पत्रकारहरुसँगको कुराकानीमा
एमाले स्थायी समितिको बैठक बस्नका लागि दुई घण्टाका लागि बैठक स्थगित
गरिएको जानकारी दिनुभयो।
बैठकमा पछिल्लो समयमा कुरा मिल्न नसकेको शक्ति बाँडफाँडको विषयमा
भएको छलफल सकारात्मक बन्दै गएको दलका नेताहरुले बताएका छन्।
आज बिहानैबाट भएका दुई पक्षीय र त्रिपक्षीय छलफल सकारात्मक दिशामा
अगाडि बढिरहेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता अर्जुन नरसिंह
केसीले बताउनुभयो।
यसैबीच, एमाले स्थायी समितिको बैठक अहिले केही बेरमा बस्दैछ।
पार्टी कार्यालय बल्खुमा बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाका
विषयमा छलफल गरी यस विषयमा पार्टीको आधिकारिक धारणा बनाउने बुझिएको
छ ।
|