www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

गणतन्त्र नेपालको पहिलो  राष्ट्राध्यक्ष महिला बनाउने पर्ने कुरामा जोड

१८ जुन काठमाडौं ,
नेपालमा राष्ट्रपतीको ब्यापक छलफल चली रहेको बेलामा आज सञ्चारिका समूहद्वारा 'गणतन्त्र नेपालको पहिलो राष्ट्राध्यक्षमा महिला'  विषयमा  एक कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा  बक्ताहरुले  नेपालको पहिलो राष्ट्रपति महिलालाई  नै बनाउनु पर्ने तर्क अगाडि सारेका छन । 

कार्यक्रममा नेकपा -माओवादी)का जनार्दन शर्मा 'प्रभाकर'ले आफ्नो पार्टीले महिलाहरूलाई ४० प्रतिशत सहभागी गराएको र भविष्यमा ५० प्रतिशतसम्म पुर्‍याउन तयार रहेको बताउनुभयो ।साथै उहाँले पछि परेका जाति, लिङ्गबाट राष्ट्रपति हुनुपर्ने मान्यता अनुसार रामराजाप्रसाद सिंहलाई र महिलाको तर्फबाट सहना प्रधानलाई प्रस्ताव गरेको बताउनुभयो ।

डा. सुरेन्द्र केसीले राजनीतिक योगदान, पारिवारिक पृष्ठभूमि र योग्यताको सवालमा सहना प्रधान नै राष्ट्रपतिको लागि उपयुक्त व्यक्तित्व भएको धारणा व्यक्त गर्नुभयो । नेकपा -एमाले)की रामुकमारी झाँक्रीले नेपालमा पहिलो राष्ट्रपति सहना प्रधान नै हुनुपर्ने र व्यक्तित्वको हिसाबले उहाँलाई कसैसँग तुलना गर्न उपयुक्त नहुने धारणा राख्नुभयो ।

युनिफेमकी अध्यक्ष सरु जोशीले महिलाहरूले विभिन्न क्षेत्रमा योगदान गर्दै आएको कुरालाई राजनीतिक पार्टीहरूले सकारात्मक विश्लेषण गर्दै राष्ट्रपतिको लागि महिलालाई प्रस्ताव गर्नुपर्ने र राष्ट्रपति मात्र नभई अन्य पदमा पनि महिलाहरूले अवसर पाउनुपर्ने आफूहरूको माग रहेको बताउनुभयो । नेपाली काङ्ग्रेसका सुनिल भण्डारीले महिलालाई राष्ट्रपति बनाउने हो भने पहिला महिला उत्थानको लागि विभिन्न कार्यक्रमहरू गर्नुपर्ने सल्लाह दिनुभयो ।



 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com