पुरुशोत्तम
सुबेदी
--------------------मानिस
आखिर सान्ती चान्हन्छ -सुख चाहन्छ -संपन्न हुन चाहन्छ -बिकास
चाहन्छ -खुशी चाहन्छ । यसका वाबजुद पनि फेरी मानिसले हिंसा मच्चाउछ
-दुख दिन्छ -बिपन्न वर्गमा गनिन्छ -असिक्षित र अबिकसित् ठहर्छ
-दुखै दु:खमा गुज्रिन्छ । यी सबै समस्या निम्त्याउने आखिर त्यही
मानीस नै हो । अरु लाई भुइमा राखेर आफु अग्लो स्टेजमा उभिन्छ
-अरुलाई कम्जोर बनाइ आफु बलियो हुन चाहन्छ । अरुलाई सोसेर चुसेर
आफु धनी बन्न चाहन्छ । आफु संपन्न साली भय खुशी हुन्छ । चाहे न्याय
संगत होस वा अन्यायमै परेर होस् उसले अरुको बिरोध गर्न छोड्दैन ।
आफु सधैं सक्तिशाली बन्न चाहन्छ । आफु सधैं अरु भन्दा रुपवान
संझिन्छ । घुच्यायर धकेलेर अरुलाई पिटेर आफु अगाडि जान चाहन्छ । उु
यक्लै ठुलो हुन चाहन्छ तर अरुको आधार लिन खोज्छ । जातिय ग्रुपिङ
गर्छ । बैचारिक ग्रुपिङ गर्छ । छेत्रीय ग्रुपिङ गर्छ । नाताबाद को
ग्रुपिङ गर्छ । साम दाम दन्ड भेद सबै उपाय अपनायर उु आखिर ठुलै हुन
चाहन्छ । के माथिका सबै कुरा सबै मानीसहरुले गर्छन् त?
संसार मा
मानिसहरुको मन दुई प्रकारको हुन्छ । एउटा सज्जन मन र अर्को
दुर्जन मन । सज्जन मनले अरुको भलाई चाहन्छ । अरुको सेवा गर्छ ।
दयावान् ले सान्तिको मार्ग अवलम्बन गर्छ । अरुको खुशी आफ्नो
सुख संझिन्छ । अरुले केही प्राप्त गरे आफ्नो मन खुस राख्छ । तर
दुर्जनहरुको मनले त्यसो गर्दैन । प्रसंग नेपाली परिस्थिती र
नेपाली सासक संग नै जोडौ -यहा दुर्जन हरुकै कारण नेपालको दुर्गति
हुन पुग्यो । सज्जन मन फुटेर चकनाचुर भैसके । दुर्जन्को बाहुल्यता
बढ्यो -प्रजातन्त्रको नाम मा दुर्जन्को राज भयो । डाँका हरुको हाली
मुहाली बढ्यो । यसैका कारण सारा नेपाली हरु पिडामा छटपटाइ रहेका छन
। कुनै पनि देसको बिकास सज्जन हरुको जमात ले गर्न सक्छ । दुर्जन त
लुट्न मात्र त्यहा पुग्छ -उसले जनताको भलाई को कुरा गर्दैन । आकाश
लुट्ने ले पाताल् कहाँ छोड्छ र?
अपहरण कुनै
नौलो लाग्दैन उसलाई । जहाज लुटिय - मुर्ती चोरिय -नदी बेचिय -
राष्ट्र बादी हरु मारिय -कबी मारिय -गायक मारिय -पत्रकार मारिय
-फेरी पनि दुर्जन ठुलै पोस्ट मा छ । अझै उु ठुलो हुने इच्छा
राखीरहेको छ । कुरेर बसेको छ - दाउ लगाइ रहेको छ -आखिर उु दुर्जन न
हो । जन त जनै हो । काल लाई भाका सारी सारी पर्खेको छ अरुलाई दु:ख
दिन । आज इनै दुर्जन मनले नेपाली हरुलाई बगर को बास बनाइ दियको छ ।
मुड्किको सिरानी राखेर सडक पेटिमा सुत्न वाध्य पारीयको छ । दुर्जन
को सेराटन को बासले देसलाई नाजुक बनायको छ -जनता बिस्थापित
बनायको छ । जनता लाई देस छोड्न वाध्य पारीयकोछ । रहरले होइन
बिवस हुनु परेको छ ।
प्रसंग
बेल्जियमकै लिंउु । बेल्जियम यक पूर्ण प्रजातान्त्रिक समाज बादी
मुलुक हो । यहाँका मानीस हरुको कार्य ब्यस्तता हेर्ने हो भने अचम्म
लाग्दो छ । सबै बिजी छन । आफ्नै धुन्मा छन । यहाँ सरकार बन्छ पनि
गिर्छ पनि । तर कुनै पनि जनताको काम रोकिदैन । काम भै रहेको
हुन्छ । सडक पटी बनिरहेका छन । घर हरु बनी रहेका छन । यहाँ सज्जन
हरुको बास छ । यहाँ मानब हरुको बास छ । यहाँ यकले अर्कोलाई दु:ख
दिने काम गर्न कसैले चाहदैन । यहाँ अनुशासनको होड्बाजी चल्छ
-सभ्यताको होड्बाजी चल्छ । बिकासको होड्बाजी चल्छ ।
तर हाम्रो
नेपाल मा त्यसो हुँदैन -जसले लुट्यो त्यो ठुलो -जसले अपहरण गर्यो
।बम पड्कायो त्यो ठुलो -जहाज अपहरणकारीको चर्चा चल्छ बम्कान्डका
नाइकेको चर्चा चल्छ । कुन पद मा
?
राष्ट्रपती
पद मा आदी आदी । बिकास को नाम मा बिनास हुन्छ । मानब अधिकारको
नाम मा मान्छे मारिन्छन । आफ्नो खुट्टा मा उभिने कोही छैन ।सबै
बिदेसी बुइ चड्ने मात्र -बिदेसी ईशारामा चल्ने कठपुतलि मात्र ।
यहाँ म
बेल्जियम भयको हुनाले बेल्जियमको बस्ती बिकासको यक सानो नमुना का
फोटाहरु तल पेस गरेको छु ।यी घर हरुको हरेक तलामा नेपाली हरुको
डनलप छ अोछ्यान छ । सासक ठीक भयको भय के नेपालमा यस्ता घर
बन्दैनथे र?
के नेपाली
हरु साल को बोटमुनी नदी कीनार -पुल मुनी बाटो छेउ आदी स्थल हरुमा
सुत्नु पर्थ्यो होला?
बस्ती बिकास
कंपनी ले जनतालाई सुबिधा दिनु पर्ने होइन र?
आखिर घर
बनाएर भाडामा जनतालाई दिनु जन सुबिधा होइन र?
के सबै
जनता काठमांडौ को इंटको थुप्रोमै अट्लान त
?
यि देखाइयका
घरहरु बाइस तला सम्म अग्ला छन । यस्ता घर हरु बाट यहाँको सरकार
ले निकै फाईदा लियको छ । दुर्जन हरु पनि यक दुई रात यस देस का
सेराटन मा बास बसे । तर सज्जन हरु यसै देसमा यि मंजिल हरुमा थाइ
बसोबास गरेका छन । कल्पना गरेका छन हाम्रो देसमा पनि सासक राम्रा
भयको भय यस्तै घरहरु हुन्थे ।