अमृत बास्कुने
म्याग्दी
१९ अक्टोबेर ०८
म्याग्दी/सदरमुकाममा
कुनै पनि कार्यक्रम नगरीए पनि पश्चिम म्याग्दीको सीङ्गामा १४ औं
राष्ट्रिय कण्डम दिबस मनाईएको छ।
नौलो घुम्ती नेपाल र
जनचेतना युवा क्लब सिङ्गाको संयुक्त आयोजनामा उक्त दिबस मनाईएको
जनचेतना युवा क्लबका अध्यक्ष कमल बानियाले बताएका छन्। दोहोरो सुरक्षाको
लागी कण्डम प्रयोग भन्ने मुल नाराको साथ गरीएको उक्त कार्यक्रममा
कण्डमको कसरी प्रयोग गर्ने र यसले कस्तो फाईदा गर्छ भन्ने बारेमा
सर्बसाधारणलाई जानाकरी गराईएको थियो। कार्यक्रममा उमेसकुमार
अधिकारी, धनकुमारी पौडेल, खरमाया बिटालु, अमृता रोका लगाएतले कण्डमको
सहि प्रयोगले एचआईभि, एड्स, यौन रोग तथा बच्चाको जन्मान्तरमा फरक
ल्याउन सहयोग पुग्ने बताएका थिए।
माओबादी
सरकारमा रहेसम्म आयोगले काम थाल्दैन: सुबेदी
कर्तिक १ म्याग्दी म्याग्दी/नेकपा माओबादी सत्तामा रहे सम्म दिगो
शान्तिका लागी सत्य निरुपण तथा मेलमिलाप आयोगले काम नथाल्ने बेनीमा
आयोजित एक कार्यक्रममा बताईएको छ। उक्त कुरा प्रजातान्त्रीक राष्टिय
युवा संघ नेपालका केन्द्रीय सदस्य बालकृष्ण सुबेदीले आयोगको ओचित्य
र आवस्यकता बिषयक बिचार गोष्ठीमा बताएका हुन्।
२०५९ कार्तिक १ गते तत्कलीन
बिद्रोही माओबादीले हत्या गरेका महेन्द्र रत्नमाबि बरंजाका प्रधानाध्यापक
मणिलाल शर्माको छैठौं बार्षिक स्मृती दिबसको अबसरमा आयोजीत कार्यक्रममा
केन्द्रीय सदस्य सुबेदीले माओबादीले आफुहरुले हत्या गरेकाहरुको
यथार्थ बाहिर निकाल्नु पर्ने भएकाले उक्त आयोगलाई सक्रिय नगराउने
आरोप लगाएका छन्। कार्यक्रममा उनले युथ फोर्स गठनको बारेमा प्रतिक्रिया
दीदै आफ्ना कार्यकर्ताले निर्बाचनमा स्वत स्फुर्त तबरले मतादान गर्न
नपाउने तथा पार्टिबाट मतदान केन्द्रमा ऐजेण्ट बस्न नपाउने जस्ता
घटनाले गर्दा युथफोर्सको गठन गर्न बाध्य भएको बताएका थिए। बिचार
गोष्ठीमा नेपाली काँग्रेसका उपसभापती रेशमबहादुर बानियाले आयोगको
आवस्यकता टड्कारो रहेकाले जतिसको चाँडो आयोगलाई सक्रिय गराउन पर्ने
बताएका थिए। उनले बिगतमा मणीलाल जस्तै १ सय ५० भन्दा बढी शिक्षकहरुको
हत्या भएको र यथार्थलाई बाहिर निकाल्नको लागी पनि आयोगको आवश्यकता
रहेको बताएका थिए। कार्यक्रममा मणिस्मृती प्रतिष्ठानका अध्यक्ष भक्त
कार्की, अजयमीलन श्रेष्ठ, शिक्षक युनीयनका अध्यक्ष दयाशागर शर्मा,
जनमोर्चाका छबि बिक, एकीकृतका हिरा के.सी, स्थानीय बिकास अधिकारी
भक्तिबिलास सुबेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम खड्का
लगाएतले मन्तब्य राखेका थिए।
एकिकृत बस्ती योजना लागु हुने
म्याग्दी म्याग्दी/सदरमुकाम बेनी देखि १२ कोष पश्चिममा पर्ने ताकम
गाविसमा चालू आर्थिक वर्षदेखि भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गतको
एकीकृत घना बस्ती विस्तार कार्यक्रम लागू हुने भएको छ। नेपाल
सरकारको मन्त्री परिषदको हालैको बैठकले ताकम गाविसमा घना बस्ती विस्तार
गर्ने निर्णय गरेको थियो। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी
तीन चरणमा सो कार्यक्रम हुने संविधानसभा सदस्य गोविन्द पौडेलले
जानकारी दिएका छन्। बस्ती विस्तार गरी ग्रामीण सहरीकरण गर्ने उद्देश्यअनुसार
पूर्वाधार खडा गर्नका लागि नेपाल सरकारले रु.२० करोडसम्म लगानी गर्ने
योजना बनाएको छ। प्राकृतिक सम्पदाको खानीको रुपमा रहेको रमणीय ताकम
गाउँमा कार्यक्रम लागू हुने भएपछि स्थानीयवासीहरु निकै उत्साहित
बनेका स्थानीय दिनेश केसी बताउछन्। ताकममा कार्यक्रमका लागि प्रक्रियागत
काम सुरु भइसकेको बताइएको छ।
|