१९ अक्टोबेर ०८ ,
म्याग्दी ३ कार्तिक म्याग्दी/जिल्लाको ग्रामीण भेगमा अहिले पनि
कटुवाल प्रथा कायमै रहेको छ। बिश्व २१ औं सताब्दीमा प्रबेस गरी
सकेको यो अबस्थामा पनि जिल्लाका प्राय गाउहरुमा कटुवाल प्रथा कायमै
रहेको छ।
गाउ गाउमा प्राय जसो
दलित परिवारहरु कटुवाल पेसामा लागेका छन्। उनीहरुको आम्दामी भनेको
बर्ष भरीमा २ पाथि धान रहेको छ। गरिबीको कारण अन्यत्र कामको खोजीमा
जान नसक्ने र पुखौं देखि आफ्नो परिवारले गर्दै आएको कटुवाल काम गर्दा
बर्ष भरीमा २ पाथि धानमानै उनीहरु चित्त बुझाउन बिबश छन्। बिश्वको
जुन सुकै कुनामा पनि एउटा सानो कम्प्युटरको माध्यमबाट पुगीरहेको
अबस्थामा पनि उनीहरु कटुवाल भएर चिच्याउन परेकोमा दुख लागेको
बताउछन् कटुवालहरु।
सीङ्गा गाबिस बडा नम्बर
२ का कटुवाल मनबहादुर दर्जी आफु गाउमा हुने बैठक लगाएतका बारेमा घर
घरमा गएर जानाकारी दिने र मानिसलाई जम्मा गर्ने गरेको बताउछन्।
ताकमका कटुवाल भक्त बिर दर्जी गाउ भरीको अन्न उठाउदा बर्षको त्यस्तै
८ हजार रुपैया बराबर हुन आउने बताउछन्। ग्रामीण भेगमा सञ्चारको
पहुच नपुगेकोले कटुवाललाई सञ्चारको माध्यमको रुपमा लिएको
बुढापाकाहरुको भनाई छ। जिल्लाका ४१ गाबिसमा प्रत्यक वडाहरुमा एक एक
जनाको दरले कटुवालहरु रहेका छन्। जिल्लामा अहिले ३ सय ५० को
हाराहारीमा कटुवालहरु रहेका छन्। उनीहरुको बार्षिक आम्दामी भनेके
बडाका सबै घर बाट बार्षिक २ पाथि धाननै हो। एउछा वडामा ६० देखि १
सय घर रहेको म्याग्दी जिल्लामा कटुवालहरुको आम्दामी २ पाथि धानको
८० रुपैयाको दरले त्यस्तै ८ हजार बार्षिक पर्न आउछ। दलीत परिवारमा
प्राय पारिवारीक संख्या बढी हुने गर्छ। के उनीहरुलाई बर्षिक ८
हजारले बर्ष भरी खरखर्च पुग्लात कटुवालहरुको गुनासो छ।
कायमै छ सीनो खाने चलन
म्याग्दी २ कार्तिक म्याग्दी/जिल्लाको ग्रामीण भेगमा सिनो खानु स्वास्थ्यका
लागि हानिकारक भएको थाहा पाए पनि गरिबीका कारण सिनो खान छाडेका
छैनन्। गरिबीको कारण मरेका जनावरको मासु (सिनो) खान विशेष गरेर
दलित जातिहरु बाध्य छन्।
जिल्लाका वि.क., दर्जी,
सार्की लगायत दलित जाति र पुन, सिंकिजा, जुग्जाली लगायत थरका
गैरदलितहरुले भीरबाट लडेर तथा आन्तरिक दुर्घटना र रोगव्याधीले
मरेका भैंसी, भेडाबाख्रा, गाई, गोरुको मासु (सिनो) खाने गरेको
पाईयको छ। 'सिनो खाादा स्वास्थ्यलाई हानी गर्छ भन्ने थाहा त छ थाहा
भए पनि ताजा मासु किनेर खाने पैसा हुादैन' मैतबहादुर वि.क. बताउछन्।
उनी जस्तै अर्का समाचारमा नाम नराखीदीन आग्रह गर्दै भन्छन दसै
सकिएको छ तिहार नजिकीदै छ छोरा छोरी मासु खान खोज्छन पैसा बिना
कसैले पत्याउदैनन के गरौं सित्तैमा पाईने हुदा मरेको जनावरको
मासुनै खाईन्छ। प्राय दलितहरु मरेका पशुहरुको छालाबाट विभिन्न बाजा
तथा अन्य सामान बनाउने कार्यमा संलग्न भएकाले पनि सिनो खाने चलन हट्न
नसकेको उनीहरुको धारणा छ। स्वास्थ्यकर्मीहरुले भने सिनो खान नहुने
बताउादै यसलाई बिस्तारै निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन्।
|