१९ अक्टोबेर ०८ ,
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाहिरी मुलुकको
समेत समर्थन प्राप्त भइसकेकोले सरकार अब कमजोर नरहेको दाबी गर्नुभएको
छ। भर्खरै विभिन्न मुलुकको भ्रमण सकेर प्रधानमन्त्रीले वैदेशिक
सहयोग र समर्थन प्राप्त गर्न सरकार सक्षम रहेको भन्दै उहाँले सरकार
ढाल्ने सामर्थ्य कुनै व्यक्ति वा दलहरुसँग नभएको दाबी गर्नुभयो।
नेपालगन्जमा आइतवार आफ्ना कार्यकर्ता र
नागरिक समाजका प्रतिनिधिसँगको भेटमा उहाँले वर्तमान सरकार असफल भए
राष्ट्र नै असफल हुने पनि बताउनुभयो।
सरकारप्रति विभिन्न पक्षबाट फैलाइएका भ्रम निवारण गर्न समय खर्चेकाले
जनताको काम गर्न ढिलाई भएको भन्दै उहाँले जनताले अपेक्षा
गरेअनुसारका काम सरकारले तिहारपछि तीव्र गतिमा गर्ने बताउनुभयो।
प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुने सम्भावना
बढेको दोहोर्याउँदै निर्धारित समयमा संविधान निर्माण गर्न नेपाली
कांग्रेस सरकारमा सहभागी हुन जरुरी रहेको बताउनुभयो। प्रधानमन्त्री
दाहाल आजै राजधानी फर्कनुभएको छ।
|