छक्कु उदासी जापान
छपक्कै काटेसी पुग्छ पुग्छ यो मनले आटेसी भने जस्तै नेपाल आमाले
चाहेकै अनुसार नेपालमा गणतन्त्र झपक्कै आयो अनि झम्मै लाग्यो । अब
त नेपाल आमालाई २४० बर्ष सम्मको लामो साँढेसातको दसाले
छोडेको छ । नेपाल आमाको अनुहारमा कान्ति छाएको छ । र अंग अंगले शान्ति
पाएको छ । बिगतमा पनि प्रजातन्त्र र लोकतन्त्र नआएको त हैन । तर
भोकतन्त्र, शोकतन्त्र, ठोकतन्त्र, रोगतन्त्र, झोकतन्त्र र जोकतन्त्र
जस्ता आदी ईत्यादी साबित भएको थियो ।
अबको गणतन्त्र भने राम्ररी
बुझतन्त्र, सुनतन्त्र, गुनतन्त्र र चुनतन्त्र होस नकी बांदरको
हातमा नरिवल नहोस । आज मुलुक नै गनतन्त्रमय भएको छ । आजकै दिन देखी
नयां नेपालले सुनौलो बिहानी तर्फ कोल्टो फर्काएको छ । आफनो देशको
लागी बलि चढेका बिर सहिदहरुको सपना साकार भएको छ । ति सहिदहरुको
तातो र रातो रगतनै आडाई करोड जनताको अभिभारा पनि हो ।
बल्ल आजको जनताले आ-आफनै ठाउबाट गच्छे अनुसार आफनो कर्तब्य
पुरा गरेका छन । अझै पनि हामीले गणतन्त्र ल्यायौ भनेर फुर्केर मख्खै
चाहि नपरौं । गणतन्त्रलाई गम्भिरता पुर्बक मन, बचन र कर्मले ग्रहण
गर्ने समय आएको छ गहन जिम्मेवार थपिएको छ ।
आगमी दिनहरुमा पनि राजतन्त्र अन्त्य भयो भनेर ढुक्क नपरौ । ज्ञानेन्द्र
ज्ञानी देउटा अथवा भ्यागुता बनेर बसि दिए त हो । तर एक चोटि पहिरो
गएको ठाउमा फेरी पनि पहिरो जान्छ भन्ने उखान नभुलौं । मतलब सजक हौं
। गोमन सर्प बनेर डस्न बेर पनि छैन र बांघ बनेर झम्टिन आउला
अथवा अर्को नयां बिधंश मच्चाउला । तसर्थ हामीले सुनियोजीत तरिकाले
बारबन्धन अपनाउनु पनि पर्छ जस्तो लाग्छ । अन्तमा शुभ होस गनतन्त्र
! दिगो होस गणतन्त्र !! गणतन्त्र जिन्दाबाद !!!
|