२० जुन २००८ काठमाडौं ।
सहमती जुटाउन शुक्रबार सांझ प्रधानमन्त्री निवास वालुवाटारमा
बसेको सात दलको बैठकमा सहमती नजुटेपछि नेकपा माओवादीका तर्फबाट
सरकारमाप्रतिनिधित्व गर्ने माओवादीका पांच जना मन्त्री र दुइ राज्यमन्त्रीलेसहित
सात जनाले सात दलको शिर्ष बैठकमा राजीनामा दिएका छन् । नेकपा
माओवादीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने स्थानीय विकास मन्त्री
देव गुरुंगका अनुसार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले
राजनीतिक गतिरोध अन्त्यका लागि राजीनामा दिने अपेक्ष भएता पनि सो
नभएपछि उनीहले राजीनामा दिएका हुन ।
राजनीतिक गतिरोध अन्त्य गर्नका लागि हामीहरुले सात दलको बैठकमा
राजीनामा दिएका हौं, तर अझैपनि सहमतीका मार्गहरु भने प्रशस्त छन्
गुरुंगले भने । राजनीतिक रुपमा अहिले रसात दलको बैठकमा राजीनामा
दिएको र त्यसलाइ भोलि विहानै प्रधानमन्त्रीको कार्यलयमा दर्ता
गरीने उनको भनाइ थियो ।
सात दलिय कार्यदलले तयार गरेको सहमतीको प्रस्तावमा भने भोलि विहान
बस्ने सात दलको बैठकमा छलफल हुनेछ । संविधान संशोधन, शान्ति प्रकृया
र शक्ति बांडफांडका विषयमा सहमती भै नसकेको मन्त्री गुरुंगले
जानकारी दिएका छन् । भोलि यी सबै विषयमा शिर्ष नेताहरुबीच छलफल
हुने उनको भनाइ थियो ।
|