www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

भली बल फाइनलमा घार लाई पराजित गर्दै दोबा प्रथम

अमृत बास्कुने म्याग्दी
७ ज्येष्ठ २०६५       वाईसीएल जिल्ला संगठन समिति म्याग्दीको आयोजनाम आयोजित जिल्ला स्तरीय अन्तर गाबिस महिला तथा पुरुष भलिबल प्रतियोगीताको ओखरबोट र दोबा ले हात पारेका छन्।       जेठ चार गते देखि आयोजना गरीएको उक्त प्रतियोगीताको फाईनल खेल हिजो सोमबार हुने भनिएको भए पनि बर्षाका कारण रोकीएको थियो। आज मंगलबार भएको खेलमा पुरुष तर्फ दोबा गाबिरले घार गाबिसलाई पराजित गर्दै उपाधि चुमेकोो छ।

प्रतिस्पर्द्धात्मक तबरमा सम्पन्न खेलको सुरुवातमा राम्रो प्रदर्शन गरे पनि घारले उपाधि अफ्नो पकडमा भने पार्न सकेन। बेष्ट अफ फाईभको आधारमा खेलाईएको खेलको फाईनलमा तिन एकको नतिजा दोबाले आफ्नो पकडमा पारेको छ। सेमीफाईनलमा दोबाले उपाधिको दाबेदार मानियको गाबिस बाबियाचौरलाई पराजित गरेको थियो भने अर्को दाबेदार बेगलाई पराजित गर्दै घार फाईनलमा प्रबेश गरेको थियो।     

  त्यसैगरी महिला भलिबलको फाईनल खेलमा बरंजालाई पराजित गर्दै ओखरबोटले उपाधि हात पारेको छ। प्रतिस्प्रद्धात्मक उक्त खेलमा बरंजाले खेलमा फर्कने हरतरहले प्रयास गरे पनि उपाधिको लागी भने प्रयाप्त हुन सकेन। सेमीफाईनल खेलमा बरंजाले दाना र ओखरबोटले दग्नाम गाबिसलाई पराजित गरेका थिए।
 

संकटमा रुप्से र अन्धगल्छी
अमृत बास्कुने म्याग्दी ५ ज्येष्ठ २०६५  पर्यटकीय स्थल रुप्से र अन्धगल्छीलाई बेनी जोमसोम सडकले कुरुप बनाएको छ भने प्रचारको अभाबले यी दुबै स्थान ओझेलमा परेको छ।  म्याग्दीको दाना गाबिसमा पर्ने यी दुबै ठाउ बेनी जोमसोम सडक निर्माणको क्रममा यीनीहरुको आफ्नो स्वरुपनै परिबर्तन भएको छ।

 दाना गाबिसमा पर्ने रुप्से छहरा को बिच भाग बाट सडक निर्माण भैदीदा रुप्सेको आकर्षणमै परिबर्तन आएको छ। साथै अन्ध गल्छी समेत सोहि सडक निर्माणले संकट ग्रस्त अबस्थामा पुगेको छ। सडक निर्माणमा पहरोमा बिस्फोट गरी ढुङ्गा र माटो यहि गल्छीमा फालीदीादा यस्को आकर्षणमा समेत केहि कमी आएको दानाकी दिलकुमारीको धारणा छ।

एक हजार तिन सयको आाखा परिक्षण 
लायन्स क्लब अफ बेनी म्याग्दीले आयोजना गरेको दुई दिने निःशुल्क आाखा शिबिरमा एक हजार तिन सय बिरामीले आाखाको परिक्षण गराएका छन्। 

जिल्ला अस्पताल म्याग्दीमा हिमालयन आाखा अस्पताल पोखराको प्राबिधिक सहयोगमा शनिबार र आईतबार सञ्चालीत उक्त शिबिरमा बाग्लुङ्ग, पर्बत र म्याग्दीका आाखाका रोगीहरुले आफ्नो आाखाको समस्याबाट समाधान पाएका छन् एक हजार तिन सय बिरामीको आाखा परिक्षण गर्दा ६७ जना मोतिया बिन्दुका बिरामी फेला परेको लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष चन्द्रकुमार के.सी.ले बताएका छन्। उक्त शिबिरमा पत्तालागेका मोतिया बिन्दुका सबै बिरामीलाई अप्रेसनको लागी पोखरा पठाईएको क्लबका अध्यक्ष के.सी.ले बताएका छन्। के.सी.का अनुसार मोतिया बिन्दुका बिरामीहरुलाई सम्पुर्ण सुबिधा निःशुल्क उपलब्ध गराईने भएको छ।  

 हिमालयन आाखा अस्पताल पोखराका डाक्टर गोबिन्द योगीको नेतृत्वमा आएको चार जनाको प्राबिधिक समुहले बिरामीको उपचारमा कुनै कसर नराखि उपचार गरेको बिरामीहरुको प्रतिक्रिया रहेको छ। लायन्स क्लब बेनीको कोटामा ६० मोतिया बिन्दुका बिरामीलाई निःशुल्क उपचार गर्ने लक्ष रहेको भए पनि लक्ष भन्दा बढीको उपचार गरीएको क्लबले जनाएको छ। शिबिरको औपचारीक समापन गर्दै क्लबका अध्यक्ष के.सी.ले आगामी दिनमा पनि आफुहरु यस्तो कार्यलाई जारी राख्ने बताएका छन्।

 


 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com