पुरुशोत्तम सुबेदि -बेल्जियम
विगत केहि दसक यता बिस्वमा वन्य जन्तु संरक्षण कार्य निकै द्रुत
गति मा भयको छ।खास गरि बिकसित रास्ट्र हरु को संलग्नतामा सन्चालित
यस कार्यक्रम ले केहि हद् सम्म विस्व बन्य जन्तु तथा पशु पंक्षि
संरक्षण ले जस पायको पनि छ।विकास को तिब्र गति मा विस्वका थुप्रै
घर पालुवा जन्तु लाइ पनि असर परेको छ।जस्तो कि मानिसले घर बनाउदा
घर भित्र हावा संम पनि नछिर्ने घर बनाउछन ।यस्तो अबस्थामा परेवा
गौंथलि आदि पंक्षिले त घर बनाउन सम्म पनि पाउदैनन्। यसको
प्रत्यक्ष असर त युरोपियन मुलुकमा निकै परेको पाइन्छ।
मानिसले मानिसलाइ
मात्र दुख नदियि सारा प्राणि जगतलाइ नै पिडित बनायको छ। यहा यसै
सन्दर्भमा केहि यथार्थता लाइ केलाउदा यौटा हांस्य ब्यांगे कथा तयार
हुन गयको छ। अहिले सारा विस्वमा नारा जुलुस विरोध हुने
गर्छ।मानिसले आफ्नो अधिकार प्रप्त गर्न निकै कोशिस गरि बल्ल तल्ल
आफ्नो हक प्राप्त गर्छन। यौटा समाज लाइ सेवा गर्ने बहानामा अर्को
समाजलाइ दुख दिने -आफ्नो अधिकार प्राप्त गर्दा अरुको अधिकार हनन्
गर्ने आदि थुप्रै मानिसका गल्तिले अरु प्राणिको पनि अधिकार हनन्
भयको छ।यसै सन्दर्भमा यहा कुकुरलाइ पनि मानिसले अन्यायमा पारेको
छर्लंग थाह हुन्छ ।अजकाल कुकुरहरु पनि निकै बाठा भैसके ।अफ्नो
अधिकार माग्न अब कुकुरले पनि पछि नहट्ने यौटा ज्वलन्त उदाहरण यहा
दर्सायियको छ ।
झन्डै २ दसक
पहिले विस्वको कुनै भुमिमा कुकुरहरुको आम भेला भयो।कुकुर समाज मा
पनि सबै कुकुर सिक्षित छैनन ।कोहि कुकुर निकै चलाक छन र कोहि त
आफ्नो अधिकार के गुमेको र के पाउनु पर्ने केहि थाह नभयका छन बिचरा
;;;;
यक दिन टांठा बाठा
कुकुरले सबै कुकुर लाइ भेला गरि हामिले हाम्रो अधिकार संबन्धि
लढ्नु पर्ने बताय । कुकुर पनि के के न हुने भयो भनि खुब खुशि भै यक
ठाउमा जम्मा भय।तर बिचरा अन्य सबै शोझा कुकुरहरु चकमन्न भयर यौटा
भाले कुकुर लाइ शोद्छन -----हैन हजुर ?हामिलाइ
के अन्याय परेको छर ?
अनि कुकुर मध्यको
नेता कुकुरले स्टेज मा गै सबै कुकुर लाइ संबोधन गरि सबै लाइ आफ्नो
ठाउबाट आफ्नोअधिकार को लागि लढ्न आग्रह गर्यो ।बिचरा कुकुर हरुलाइ
अझै पनि थाह छैन कि हामिले के गर्नु पर्ने हो भनेर ----- नेता
कुकुरले स्टेज बाट संखघोस गर्दै भन्यो ---हेर्नुहोस हजुर --------
तपाइ हामि लाइ घोर ठुलो अन्याय भयको छ --- स्रिस्टिकर्ताले हमिलाइ
अन्याय गरेका छन ।जब स्रिस्टि कर्ता ले हामिलाइ जन्म दिनु भयो भने
हामिलाइ खाने कुरा को बन्दोबस्त गर्नु पनि स्रिस्टि कर्ता कै
कर्तब्य हुन आ- उंछ ।यस मानेमा आज तपाइ हामि ले स्वर्ग मा रहनु
हुने स्रिस्टि कर्ता कहा गयर यौटा निवेदन चढाउनु पर्छ गर्जनका साथ
अौला ठड्यायर भन्यो ।बिचरा अझै पनि ति शोझा कुकुर ले केको लागि
निवेदन दिने ?
भन्ने बारे अन्योलमै
रहे ।फेरि स्टेज बाट भासण घन्काउदै भाले कुकुर ले तब आफ्नो मर्का
खुलस्त सफा भासामा भुक्न थाल्यो ( भौं- भौं -भौं -भौं - भौं
-)यसरि कुकुरले आफ्नै भाशामा आफ्नो अधिकार को लागि उठाइयको आबाज
कुकुरहरुलाइ निकै मन पर्यो ।अनि त ---कुकुरहरुले २ खुट्टा टेकेर
बडो जोर का साथ तालि बजाय।कुरा के थियो त
?
तालि बज्नुमा?
कुकुर भासा
लाइ नेपालिमा ट्रान्स्लेट गरेर हेर्दा कुरा यस्तो थियो कि यो कुकुर
को समस्या लाइ देखेर मानब जाति पनि पिदित को नहोला र?
कुरा आखिर अन्यायको न
पर्यो ?
भोटे कुकुर ले शान्त
भयर भन्यो ------हेर्नुहोस ?
पहिले पहिले मानब
जातिले हामि कुकुरहरु लाइ निकै माया गर्थे ---- खाना खाइ सके पछि
हात धुने ठाउमा जांदा हात मा कलो लियर जान्थे ।चे--य----चे
?
भन्थे ।क्वाप्प कलो
खन पाइन्थ्यो ।यति मात्रै कहां हो र ?
उति बेला का
मान्छे हरुले जता ततै बारिको कान्ला - बांसको फेद जहां कहिं पनि
दिसा गर्थे ।खुब मजाले खान पाइन्थ्यो ।तर अहिले ---------?
कुकुर ले बडो
गम्भिरताका साथ भन्यो ।अहिलेका मानिस हरु ले पक्कि पाइखाना
(चर्पि)मा दिसा गर्छन कहां हो कहां ३ -४ तल्ला माथि लुकेर दिसा
गर्छन ।अबत पेट्मा पटुका कस्न पर्ने बेला आयिगयो --आसु खसाल्दै
भन्यो ।यो कुरा सुन्ने बित्तिकै सबै कुकुरहरु सुंक्क-सुंक्क गर्दै
यक अर्को लाइ हेर्दै अब के गर्ने त भन्ने उपायको खोजि गर्न थाले
।ुपाय त नेता कुकुरले पहिले नै सोचि सकेको थियो ।या त हाम्रो जिवन
फिर्ता ले उ ।नत्र भने हाम्रो गास- बास को ब्यवस्था को ग्यरेन्टि
हुनु पर्यो भनि स्वर्ग का स्रिस्टि कर्ता बर्माजि लाइ निबेदन
चढाउनु बाहेक अर्को बिकल्प नभयको नेता कुकुरको जिकिर थियो ।
यसै सन्दर्भमा
सबै कुकुरको सल्लाह मा यौटा निवेदन लेखेर तयार पारे ।निवेदन निकै
सान्दर्भिक र समय सापेक्षित थियो ।निवेदन त तयार भयो तर उक्त
निवेदन कहां राखेर स्रिस्टि कर्ता बर्माजि को मा पुग्ने
?
कसैको पनि झोला छैन
खल्ति छैन ।मुखमा च्याप्नु -पनि कुकुर हिड्दा मुख उक्काउनै पर्यो
क्यार -----;
त्यस पछि यौटा
बुद्दिजिवि कुकुरले दिमाग फुरायो र भन्यो --------मेरै गुद्वार
खालि छनि ---मित्र हो के को पिर ?
यति जावो
सानो निवेदन बोकेर बर्माको मा जान ?
सबै को सल्लाह
मिल्यो --र वकिल कुकुर को गुद्वार मा निवेदन राखि सबै कुकुरहरु लाम
बद्ध तरिकाले बर्मा को निवास तर्फ हिडे ।क्रमस दिन बित्दै गय
---- बातो मा जे पायो त्यहि खाय बिचरा------- खाय पिय पछि दिसा
पिसाब लाग्नेनै भयो क्यार ।मजाले दिसा पिसाब गर्दै स्वर्गका
स्रिस्टि कर्ता को घर्मा पुगे ।भयभरका कुकुर आफु कहां आयको देखेर
बर्मा पनि ३ छक पर्नु भयो ।अनि प्रश्न गर्नु भयो ----तिमि कुकुर
हरु किन आज यहा आयका भनि हुकुम भयो ।कुकुरहरुले पनि बडो नरम स्वभाब
का साथ यौटै जवाफ दिय। हजुर --------------हामि घोर अन्यायमा पर्यौ
र हजुर समक्ष यौटा बिन्ति पत्र बुझाउन आयका हौ ं भन्ने जवाफ
दिय।बर्माले पनि जुगामा ताउ लागाउदै भने क्या हो त तिमिहरुको माग
के छ त तिमिहरुको बिन्ति पत्रमा ?
भनि सोझ्दा भय
।तर कुकुरहरु लाइ यो थाह छैन कि हाम्रो निवेदन दिसा गर्दा बाटैमा
खस्यो भनेर ।कुकुर ले सुरु गरे निवेदन खोज्न ।खुब खोजे
।यौटाकुकुरले अर्को कुकुरको गुद्वार सुघ्ने ---अर्कोले अर्को को
गुद्वार सुघ्ने क्रम जारि रह्यो ।तर निवेदन को अत्तो पत्तो छैन
।बर्मा पनि ३ छक पर्नु भयो कि कुकुरको तालामाला देखेर ।
बर्मा झोक्किदै
भन्नु भयो ---छिटो गर?
नत्र फिर्ता जाओ
? ----आखिर
किन पाइन्थ्यो बाटोमा खसेको निवेदन ?
कुकुरले पनि
हतपत हरायको निवेदन नखोजि नया निवेदन लेखि पेश गर्नु पर्ने मा
पुरानै निवेदनको खोजिमा फेरि मर्त्यलोक फर्कि निवेदन खोजेर ल्याउने
प्रस्ताब बर्मा संग गरे पछि बर्माजिले पनि जाओ त तिमिहरुको निवेदन
खोजेर ल्याओ भनि कुकुर लाइ फिर्ता गरि दिय ।फर्कने क्रममा पनि
कुकुरले खुब खोजे ।भेटियन ---अझै पनि कुकुरको निवेदन भेटियको छैन ।
यक कुकुरले अर्को को गुद्वार सुघ्ने क्रम जारि छ तर निवेदन भेटियको
छैन। कांग्रेस यमाले हारेर हारको समिक्षा को नतिजा पनि निवेदन
हरायका कुकुरको जस्तै हो भन्दा फरक नपर्लाकि कसो
?