पुरुशोत्तम
सुबेदी बेल्जियम
त्यही बर्ष बुवा बिरामी औषधीको र डक्टर फिस ले चुलियको रिण
-डल्ली भैंसि पनि दाम्ला पर्यो -भाइ र को बहिनिको कालेज भर्ना
-लोरो जत्रै असिना को चोटले धान पनि मुठी भित्त्र्यौन नपाउदा रिण
खोजेर बेसाहा गरेर घर धान्ने इस्थिती थियन निरु । तिमी लाई थाहै छ
अघिल्लो साल बारी पहिरोले लगेको । मैले कुनै पनि हालत मा त्यहा
बसेर यो रिण तिर्न सकुंला जस्तो पनि लागेन निरु । त्यसैले मैले
मेरो माथिको बारी धने लाई बन्धक राखेर बिदेस जाने निर्णय गरेको
हुँं । र त्यही पैसा ले जुके पानी को भिमे दलाल द्वारा म अरब को
खाडीमा अाइपुगेको छु । सांच्चै आउने बेलामा मैले यक चोटि पनि
तिमीलाई थाहै नदीइ हिंडे । गाउु बाट राजाधानी धाइ रहनु
पर्ने । बल्ल बल्ल कुरा चलायको यक बर्ष पछी भिसा लाग्यो ।
काठमान्डौ आउने जाने गर्दा गर्दै आधा पैसा त त्यतै नाश भयो ।
महिनामा २५;०००
कमाइ हुन्छ भनेर २ लाख दलाल लाई बुझांय । तर यंहा आयपछी मात्रा
थाहा भयो । मेन पाओर ले छल छाम गरेछ भन्ने । अलपत्र परेको छु म त
निरु । बुवा त पोहोर साल नै बित्नु भयो भन्ने खबर पायको थिंय । यो
साल पहिरोले सुतिराखेको भाईलाई पनि छोडेनछ । मन भक्कानियर आउछ निरु
। तिमीलाई इजरायल पठाउछु भनेर बम्बै को ब्यस्यालयमा पुर्याउने
दुस्ट पनि चिनी सकें निरु । म अब फर्कने कोशीस गर्दै छु निरु
।तिम्रो पत्र पाउन साथ मेरै पैसाले मलाई नै बेच्ने दलाल र तिमीलाई
बम्बै पुर्याउने त्यही भिमे पो रहेछ भन्ने थाहा पांय बल्ल । मेरो
चाहना त पैसा कमायार मेरो बुवा को रोग निको गराउने थियो । मेरो
चाहना मेरो भाई र बहिनी लाई डक्टर इन्जिनियर बनाउने थियो । मेरो
माथि पाखाको बारी फर्काउने चाहना थियो निरु । समय कता गयछ
?
आखिर मानिस एसरी
चाण्डाल किन हुँदै छन ?
हाम्रो देसको सरकार
कहाँं छ ?
खै कानुन
?
दलाल तस्कर हरुलाई
कार्वाइ नै नहुने ?
मत फर्कने निर्णय
गरेको छु निरु -म छिट्टै तिमीलाई लिन अाइ पुग्ने छु निरु । सामन्ती
फटाहा तस्कर जाली हरुको बिरुद्ध आवाज उठाउने छु । तिम्रो न्यायको
निम्ती कानुन बनाउने बातावरण सिर्जना गर्ने छु निरु ।
उही दुखी दाजु दिन दयाल्
|