अमृत बास्कुने म्याग्दी
२३ अगस्ट २००८ म्याग्दी म्याग्दी/कोशी ब्यारेज भत्केर
आएको बाढी बाट पिडितहरुको लागी म्याग्दी उद्योग बाणिज्यसंघले आज
बिहान २४ हजार बढि आर्थिक सहयोग संकलन गरेको छ। म्याग्दी उद्योग
बाणिज्य संघ र महिला उद्यामी संघले संयुक्त रुपमा आज बिहानै देखी
राहात संकलन सुरु गरेका थिए।
उनीहरुले २४ हजार १ सय
८४ नगद संकलन गरेका छन्। साथै ३० जोडा जुत्ता, बच्चाका जिन्स पाईन्ट
१ थान, चोली २ थान, साडी १, कुर्ता सलवार ६ पछ्यौरा ५ र टिसर्ट १६
थान संकलन गरेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुर्य प्रसाद
मर्सानीले बताएका छन्। उक्त रकम नेपाल उद्योग बाणिज्य महासंघमा जम्मा
गरीने र महासंघले एकमुष्ठ रुपमा हस्तान्तरण गर्ने अध्यक्ष मर्सानीले
बताएका छन्।
पाउद्वार माबिले १ लाख बढि संकलन
गर्यो
म्याग्दी/उत्तरी म्याग्दीको पाउद्वार माबि पाउद्वारले खयर बाराहिमा
पुजा अर्चना गर्ने समयमा ब्यबस्थापन गरेर १ लाख बढि रकम संकलन
गरेको छ। जनै पुर्णीमाको अबसरमा आयोजित खयरबाराहि पुजा अर्चनामा भक्त
जनले चडाएको तथा अन्य बिभिन्न कार्यक्रम गरि उक्त बिद्यालयले १ लाख
२ हजार ५ सय ४५ रुपैया आम्दामी गरेको बिद्यालयका प्रधानाध्यापक
थममाया पुनले बताएकी छन्।
उनका अनुसार खयरबाराहि
मन्दीरमा पुजागर्न ल्याएको बोकाको टाउको बिक्रिबाट २५ हजार होटल सञ्चालन
बाछ ३८ हजाार सांस्कृतीक कार्यक्रमबाट ३० हजार बराह तालमा चडाएको ४
हजार ३ सय १० सिद्ध मन्दीरमा चडाएको ४ हजार ५ सय ३४ गरी उक्त रकम
संकलन भएको हो। खयरबराहि मन्दीर र तालमा पुजाको लागी सबै ब्यबस्थापन
पाउद्वार माबिले गरेको थियो। उक्त बिद्यालयले बर्षेनी यस्तै
किसीमका कार्यक्रम गरेर बिद्यालय सञ्चालन गर्दै आएको छ। साथै बिद्यालयले
चौरी तथा याक समेत पालन गरेको प्रधानाध्यापक पुनले बताएकी छन्।
प्रमोद बाट १० हजारबाढि पीडितलाई
सहयोग
म्याग्दी/ कोशी ब्यारेजको बााध भत्केर पानि बस्तीमा पस्दा बिस्थापीत
भएकाहरुको म्याग्दी उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष प्रमोद
श्रेष्ठले ब्यक्तीगत तर्फबाट १० हजार सहयोग गर्ने घोषणा गरेका छन्।
म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुर्य प्रसाद मर्सानीका
अनुसार उक्त रकम म्याग्दी उद्योगा बाणिज्य संघले आज बजारमा संकलन
गरेको सहयोग रकम संगै पठाउने भएको छ।
म्याग्दी उद्योग बाणिज्य
संघको अगुवाईमा आज बिहानै देखी बेनी बजारमा सहयोग संकलन सुरु
गरीएको छ। त्यसैगरी बेनी बजार स्थतीत रहेको न्यु वेष्ट प्वाईन्ट
आबासीय उच्च माबिका युवा रेडक्रस सर्कलले बिहिबा बेनी बजारमा १२
हजार ४ सय ५३ रुपैया संकलन गरेको प्रिन्सीपल डिएल राजबंशीले बताएका
छन्। बाढी पिडितको लागी शिक्षक नायक केशब पौडेल तथा हरी पोखरेलको
नेतृत्वमा रकम संकलन गरीएको थियो। उक्त रकम नेपाल रेडक्रस सोसाईटी
म्याग्दी मार्फत राहात कोषमा जम्मा गर्न पठाईने प्रिन्सीपल
राजबंसीले बताएका छन्।