www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

सरकारी र गैरसरकारु िकार्यालयलेनै तिर्दैनन महसुल

 अमृत बास्कुने म्याग्दी
 
२३ मे २००८ जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयलेनै टेलीफोनको महसुल नतिरेको एक तथ्याङ्कले देखाएको छ।  बेनी बजारमा बितरीत टेलीफोन लाईनमा जिल्ला प्रसासन लगाएतका सरकारी कार्यालयले नै टेलीफोनको महसुल नतिर्ने गरेको बुझीन आएको छ।

जिल्ला प्रसासन कार्यालय म्याग्दीले आफ्नो कार्यालयको तिन टेलीफोन लाईन ०६९/५२०१३३,५२०२३३,५२०४३४ को एक लाख ६५ हजार नौ सय १० रुपैया तिर्न बााकी रहेको छ। त्यसैगरी जिल्ला प्रहरी कार्यालय म्याग्दीको नाममा रहेको ५२०१९९,२७५, र २९९ गरी तिन लाईन टेलीफोनको तिन लाख ११ हजार सात सय ९२ रुपैया महसुल नतिरेको पाईएको छ। त्यसैगरी कालीप्रसाद गणको नाममा रहेको ५२००९२ को मात्रै एक लाख १४ हजार छ सय ८९ रुपैया नतिरेको पाईएको छ। त्यस्तै राष्ट्रिय अनुसन्धानको नाममा रहेको ५२०१४३ नम्बरको पनि एक लाख १५ हजार नौ सय १८ रुपैया तिर्न बााकी देखिएको छ।      

अन्य संस्थाको नाममा रहेको टेलीफोनको पनि हबिगत यस्तै देखिएको छ। छन्त्याल सञ्चार सेबाक नाममा रहेको ५२०००३ को पनि एक लाख ४३ हजार पााच सय ८३ रुपैया बाकि देखिएको छ। सर्बसाधारण जनतालाई एक महिना टेलीफोनको बिल नतिरेमा लाईन काटिने गरेको स्थानियको गुनासो छ। यसरी टेलिफोनको महसुल नतिर्नेको संख्या ६७ रहेको छ। नेपाल टेलिकमले जिल्लामा बितरण गरेको टेलीफोनको रकम २३ लाख १५ हजार तिन सय १२ भन्दा बढी रहेको पाईएको छ।

जंगलमा आगालागी हुादा लाखौंको जडिबुटी नष्ट       हिमाल पारिको जिल्ला मुस्ताङको सदरमुकाम रहेकै गाबिस जोमसोमको जंगलमा आगालागी हुादा लाखौ मुल्यका जडिबुटिहरु जलेर नष्ट भएका छन्।       मंगलबार दिउसो चारबजे देखि गाबिसको वडा नम्बर ९ को ओमाङ भन्ने जंगलमा आगालागी भएको थियो। स्थानीय संरक्षण ब्यबस्थापन समिति र सर्बसाधारणको सक्रियतामा राती नौ बजे आगो नियन्त्रणमा लिईएको जानाकारी प्राप्त भएको छ। चिराईतो तीते लगाएतका दुर्लब र महत्वपुर्ण जडिबुटी पुरै जलेर नष्ट भएका छन्। समुन्द्री सतह देखि  तिन हजार नौ सय मिटरको उचाईमा रहेको ओमाङ जंगलमा हिमाली जडीबुटी समेत पाईने बताईएको छ। तिन हेक्टर भन्दा बढी जंगललाई डडेलोले नष्ट गरेको छ। डडेलो कस्ले लगाएको एकीन नभए पनि यार्सागुम्बा टिप्न जानेहरुले लगाएको हुन सक्ने जोमसोम संरक्षण ब्यबस्थापन समितिले जनाएको छ। अमृत बास्कुने ९८५७६४०२६६

 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com