अमृत
बास्कुने म्याग्दी
२६ जुन २००८
म्याग्दी/सदरमुकाम बेनी स्थीत रहेको बेनीमा रहेको बेनी सामुदायीक
बिद्यालयले एस.एल.सी परिक्षामा उत्तीर्ण बिद्यार्थीलाई एक कार्यक्रमका
बिच बिदायी गरेको छ। सामुदायीक माबिले आफ्नै प्राङ्गणमा आयोजना
गरेको एक कार्यक्रममा बिद्यार्थीहरुलाई उज्वल भबिष्यको कामना गर्दै
बिदायी गरेको हो।
जिल्ला बाट प्रबेसीकामा
सामेल सामुदायीक बिद्यालयहरुमा उत्कृष्ठ नतिजा ल्याउनेहरुमा तेस्रो
स्थानम पर्न सफल बेनी सामुदायीक बाट यस बर्ष २८ जना प्रथम र २५ जना
दोस्रो श्रेणीमा उत्तीर्ण भएका थिए। उक्त बिद्यालयले ८९ प्रतिसत
बिद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो।
म्याग्दीका सामुदायीक
बिद्यालयमा मुक्तीमार्ग उच्च माबि घारले १७ बिद्यार्थी परिक्षामा
सामेल गराएकोमा सबै बिद्यार्थी दोस्रो श्रेणीमा उत्तीर्ण गराएको
थियो। त्यस्तै महेन्द्र रत्न माबि बरंजाले ६४ बिद्यार्थी मध्ये ५
जना प्रथम ४८ जना दोस्रो र ६ जना तेस्रो श्रेणी गरी कुल ९२ प्रतिसत
बिद्यार्थी उत्तीर्ण गराएको थीयो। त्यस्तै निजि बिद्यालयहरु दुईले
सत प्रतिसत उत्तीर्ण गराउन असफल भएका छन्। बेनी आबासीय माबि र
लोकदीप आबासीय माबिले सबै बिद्यार्र्थी उत्तीर्ण गराउन सकेका छैनन्।
जिल्लाका ४९ प्रतिसत बिद्यालय
समुदायमा
म्याग्दी/शैक्षिक शत्र २०६४ को अन्त्य सम्ममा जिल्लाका ४९ प्रतिसत
बिद्यालय समुदायमा हस्तान्तरण भएका छन्। जिल्लामा रहेका दुई सय ३२
सरकारी बिद्यालयमा असार ४ गते सम्म १ सय १४ बिद्यालय समुदायमा हस्तान्तरण
भै सकेका छन्। जिल्लामा रहेका १ सय १४ बिद्यालयको १८ माबि ३१
निमाबि र १ सय १४ प्राबि तह समुदायमा हस्तान्तरण भएको जिल्ला शिक्षा
कार्यालय म्याग्दीले जनाएको छ। शाखा अधिकृत हेम आचार्यका अनुसार
समुदायमा हस्तान्तरण कार्य तिब्र भएकोले यो अबधि सम्म १ सय १४ बिद्यालय
समुदायमा हस्तान्तरण भै सकेका छन्।
लागुपदार्थ दुर्ब्यसन बिरुद्ध शैक्षिक कार्यक्रम
म्याग्दी/सदरमुकाम बेनी स्थीत रहेको लागुपदार्थ दुर्ब्यशन बिरुद्धको
शैक्षीक अभियान (एडिईपि) म्याग्दीको आयोजनामा बेनीमा एकहप्ते दुर्ब्यसन
बिरुद्धको शैक्षिक कार्यक्रम सुरु भएको छ। धौलागिरि अञ्चलका तिन
जिल्लामा सञ्चालन हुने उक्त कार्यक्रममा नार्कोनान नेपालका संस्थापक
एबं पुर्ब एस.एस.पि बसन्त कुबरले प्रशिक्षण दिईरहेका छन्। बुधबार
बेनी बेनी बाट सुरु गरिएको उक्त कार्यक्रममा संस्थापक कुबरले
लागुपदार्थ बाट बढि मात्रामा स्कुले बिद्यार्थीहरुमा प्रभाब जमाउने
बताएका थिए। बेनीमा सञ्चालीत कार्यक्रममा कुबरले बिद्यार्थीहरुमा
छिटो प्रभाब पार्ने लागुऔषदको दुर्ब्यसनलाई रोक्ने र दुर्ब्यसनमा
फस्नबाट समेत जोगाउने उपाएको बारेमा जानाकारी गराएका थिए। बेनीमा
भएको कार्यक्रममा बिद्यालयमा कक्षा ७ , ८, ९ र १० का बिद्यार्थी
अभिभाबक क्याम्पस तहका बिद्यार्थी शिक्षक लगाएतकाको सहभागीता रहेको
थियो। कार्यक्रममा एडिईपिका मोहन शर्मा लगाएतले मन्तब्य राखेका थिए।
अमृत बास्कुने म्याग्दी समाचारदाता ९८५७६४०२६६ ९७४६७०१५५६
|