२७ मे २००८
नेपलिज डेमोक्रेटिभ फोरम बेल्जियमको दोस्रो सम्मेलन
यही जुलाई २० मा बेल्जियमको अन्त्वेर्पेन शहरमा सम्पन्न हुन
गइ रहेको छ । बेल्जियममा रहेका नेकपा (एमाले) प्रती आस्थावान
सम्पूर्ण नेपाली हरुको साझा संगठनको रुपमा स्थापित यस् संस्थाको
यस दोस्रो सम्मेलन लाई भब्यताका साथ सम्पन्न गर्नको लागि ब्यापक
तयारी भइ रहेको खबर एन डि एफ बेल्जियमका प्रतिनिधिले बताउनु भएको छ
।
सम्मेलन तयारीको लागि
हल ब्याबस्थापना तथा सजावट समिती
,
प्रचार प्रसार समिती
, आर्थिक समिती
, खाद्यब्यबस्था समिती
,
अथिति सत्कार समिती
, स्वयंम सेबक समिती
लगायत बिभिन्न समिती हरु निर्माण
भइ सकेको र ति समिती हरु ले आ-आफ्नो काम लाई तिब्र रुपमा अगाडि
बढाइ रहेको जानकारी प्राप्त भएको छ । उक्त सम्मेलन लाई सम्बोधन
गर्नको लागि नेपाल बाट नेकपा एमाले केन्द्रिय स्तरका नेताहरु लाई
आमन्त्रण गरिनु को साथै युरोपका बिभिन्न देशमा रहेका एन डि एफ
का प्रतिनिधि लाई पनि आमन्त्रन गरिएको छ ।
|