|
अमृत बास्कुने म्याग्दी
२७ सेप्टेम्बर ०८ म्याग्दी
११ असोज म्याग्दी/ युथ युनाईटेड युवा क्लब बेनीले आयोजना गरेके युथ
युनाईटेड कफ २०६५ फुलबट प्रतियोगीता शनिबार देखी बेनीमा सुरु भएको
छ। तिन दिन सम्म चल्ने उक्त प्रतियोगीतामा जिल्ला भित्रका १९ टिमको
सहभागीता रहेको छ।
जिल्ला स्तरीय फुटबल प्रतियोगीताको
उद्घाटन गर्दै संबिधानसभा सभासद गोबिन्द पौडेल प्रबिणले खेलकुदलाई
देशको एउटा अंगको रुपमा बिकास गर्दै लानुपर्ने बताएका छन्। उनले
देशको बिकासको लागी खेलकुदको पनि बिकास हुन पर्ने धारणा राखेका छन्।
यो समाचार तयार गर्दा सम्म भुपु बिद्यार्थी जनप्रिय माबि दरबाङ्ग र
उत्साही समुह रातोका बिच फुटबल प्रतियोगीतको उद्घाटन खेल भैरहेको छ।
मध्यान्तर अगाडिनै दरबाङ्ग
६–० गोलअन्तरले अगाडि रहेको छ। जाउलाखेल युथ क्लबका दोरन शेरचन
सहितको उक्त टिमले जितहासील गर्ने प्राय निश्चीत भै सकेको छ। दोरन
शेरचनले मध्यान्तर अगाडिनै ह्याट्रीक पुरा गरीसकेका छन्।
क्रान्तीकारीमा पुनः पौडेल
म्याग्दी ८ असोज म्याग्दी/अनेरास्वबीयु क्रान्तिकारीको १४ औ जिल्ला
सम्मेलनले अघिल्लो कार्यकालका अध्यक्ष कुशल पौडेलालाई पुन अध्यक्ष
पदमा चयन गरेको छ। मंगलबार देखी सुरु भएको जिल्ला सम्मेलले उपाध्यक्षमा
गोबिन्द गीरी, सचिब प्रकास बि.क. सहसचिबमा रामप्रसाद शर्मा र कोषाध्यक्षमा
सरोज घर्तिलाई चयन गरेको छ।१७ सदस्यीय जिल्ला कमिटिका अन्य सदस्यहरुको
नाम भने क्रान्तीकारी जिल्ला कमिटि म्याग्दीले उपलब्ध गराएको छैन्।
जुरेशले
गरे राहत संकलन
म्याग्दी ८ असोज म्याग्दी/उत्तरी म्याग्दीको हिस्तान गाबिस ७ औला स्थीत
तुलबहादुर गर्बुजाको घरमा आगालागी भएर सम्पर्ण सामान नष्ट भए पछि
जुरेस टिकोट माबि हिस्तानले राहत संकलन गरी हस्तान्तरण गरेके छ। गत
भदौ ३१ गते अचानक आगालागी भै घरका सबै सामाग्रीहरु नष्ट भएकोमा उनलाई
राहत स्वरुप जुरेशले २ हजार ५ सय ५ रुपैया राहत संकलन गरी हस्तान्तरण
गरेको हो। जुरेस अध्यक्ष दिनेश पाईजाको नेतृत्वमा हिस्तानको वडा नम्बर
३ ४ र ५ मा राहत संकलन गरेको शिक्षक नायक बेदनाथ आचार्यले बताएका छन्।
|