www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

----------------अर्थ लाग्ला त यि हात हरु को ?-------

पुरुशोत्तम सुबेदी -बेल्जियम
सदिऔं सम्म राजनीतिक चपेटा मा परि निसास्सियका नेपाली जनताले अझै पनि रानीतिक न्यानो  पायको अनुभुती गर्न पायका छैनन । आदिम युग देखी नै सामन्तबादी सोच भयका दानब हरुको अखडामा अझै पनि मानव हरुको जमघट हुन सकिरहेको छैन । २१सौं सताब्दिमा संसारले बिकासमा निकै फड्को मारेको अवस्थामा नेपालीहरुको भेडे दिमाग का नेताले आफ्नो स्वार्थमा जे गर्दै जान्छ त्यसैमा नेपाली निमुखा सोझा असिक्षित जनताले मात्रै नभयर केही पढेलेखेका विद्वान भनाउदा हरु ले समेत असक्षम र अबुझ झुन्ड लाई सघाउनाले देसले अहिले सम्म निकास पाउन सकिरहेको छैन । कहिले बिकास के हो थाहै नभयका हरुको मुठिमा शासन पुग्छ भने कहिले बिनास के हो भन्ने थाहै नभयका हरु संग हातमा शासन पुग्छ । पहिले बन्नै नदिने हरुको राज भयो । अहिले केही बनेको इमारत हरु भात्काउने हरुको राज छ । राणाले आफ्नो शासन टिकाउन अंग्रेज हरुको समेत् सहायता लीन पुगे । राजाहरु पनि आफ्नो सत्ता टिकाउन भारत कै आसिर्बाद लीन पुगे । तर भारत ले नेपाल प्रती खेलेको भूमिका प्रती कसैले चासो लीन खोजेनन । किनकी नेपाल मा अहिले सम्म कुनै राज नेता अर्थात राष्ट्रबादी नेता देस ले पाउन सकिरहेको छैन । चाइना लाई कम्जोर तुल्याउने उदेस्यले अमेरिका र इन्डिया को मिली मतोमा नेपाल को माओवादी जन युद्धको अबसर   छोपी राजा बिरेन्द्र को हत्या को संजाल रचियो । त्यती बेला नेपाली बिध्वोंसकारी हरुले हत्यारा हरुले डलर कुम्ल्यार आफु राजा र राज कुमार हुने धोकोले आफ्नै बंस नाश गरे । राजा लाई बिष्णु कै अबतार मान्ने सोझा जनता माझ राज खान्दान भित्र बाटै  हत्याको संजाल रच्न सफल अमेरिकि सड्यन्त्र र भारतीय सड्यन्त्र सफल भयो । नेपाल लाई कमजोर बनाएर अमेरिकि दुर्बिन नेपाली भुमिमा राखी चाइना मा फुट ल्याउने उद्वेस्यले गरियको प्लानिङ अहिले आयर कही हद सम्म असफल त भयको छ । सांराज्य बादी र बिस्तार बादी हरु को अगाडि नेपाली जनताले आफ्नो राष्ट्र प्रती देखायको माया को कदर भने गर्नै पर्छ । तर अझै पनि राष्ट्रको माया नभयका अबसर बादी हरु भारतकै बुइ चढ्न खोजी रहेका छन । बर्तमान राष्ट्रपती राम्बरण यादव आफ्नो पद को सदुपयोग गर्न नजान्ने पहिलो लल्लु पन्जु राष्ट्रपतिमा गनियका छन । किनकी छिमेकी राष्ट्र चाइना मा विश्वकै मानिसहरुको  जमघट मा उपस्थित हुन नजानु भनेको राष्ट्रपतिको पद भारतले दियको उपहार मानिछ । माओवादी र यमालेमा फुट ल्यायर माओवादी भित्र भारतीययजेन्ट हरुको चल्खेल गराइ भारतले आफ्नो फेवर को मान्छे नेपाल को राष्ट्रपतिको नाम मा मधेसको मुख्य मन्त्री बनाउन सफल भयको छ । भारतीय दलाल हरु   हिन्दी भाषामा सपथ खायर हुन्छकी के बोलेर हुन्छ नेपाल को प्रमुख पदको दुरुपयोग गर्ने चेस्टा गर्दै छन भने कोही आफु सत्तामा जान नपाय फेरी जंगल जाने धम्की दीइरहेका छन ।

२०४६ साल मा पनि देसमा के के नै भयो जस्तो गरी भारत संग हात मिलाउन गयका कृष्ण प्रशाद भट्टराई लाई भारत ले एउटा सानो जहाज तोफा दियर फर्कायको थियो । भारत ले के के न दियो भन्दै नेपाली मेडिया हरुले खुब फुके । भारत ले कुन स्वार्थमा के चिज कुन खेमाको बिचार  बोकेका दलाल हरु लाई दिन्छ भन्ने कुरा नेपाली जनताले थाहा पाउन चासो खासै नराख्नाले   सधैं भारतीय हरुले नेपाली हरु लाई हेपेर राखी रहेका छन । भारतीय खुल्ला बजार निती नेपाल को लागि हानिकारक छ भन्ने कुरा सासक हरुले जब सम्म थाहा पाउदैनन । सिमा सुरक्षा लगायत भारत आउन जान पास्पोर्ट सिस्टम भिसा सिस्टम को बेवस्था हुँदैन ।१९५० को सन्धी खारेज हुँदैन । चोरि निकासी पैठारी को कन्ट्रोल हुँदैन । तव सम्म नेपाल र नेपाली जनताको भलो हुँदैन । यक तर्फी संझौताले देसले कोल्टे फेर्न सक्ने अवस्था भने अब नपाल मा छैन । छिमेकी मुलुक चाइना संग पनि त्यती नै संबन्ध बढाउनु जरुरी छ । गयको २० बर्ष सम्म पनि कांग्रेस यमाले ले पररास्ट्र निती संबन्धी चाइना संग संबन्ध राख्न सकेन । सबै नेता भारत कै आशिर्वाद मा राज्य हाक्ने दाउमा पुगे । तर अहिले माओवादी पार्टी जंगल छोडेर सत्ता मा गयको छ । माओबाद नै सर्वे सर्वा हो भन्दै हिंडेको पार्टिले अब कस्तो खाले संबन्ध चाइना संग बिस्तार गर्ने हो हेर्नै पर्छ । दुई देस लाई बराबर दुरिमा राखी नेपाली राजनीतिक पार्टी संघ  एउटा प्रजातान्त्रिक प्रकृया द्वारा अगाडि बढेमा अवस्य पनि माओ बादी पार्टी को भबिस्य सुनिस्चित छ । तर सहतिमा तुरुन्त असहमती जनाउने खुबै क्रान्ति कारी कुरा गर्ने तर कम्यु निस्ट यकतालाई अबरोध पुर्याउने जस्ता काम माओवादी बाट भयमा यि मिलाइयका हातको कुनै अर्थ लाग्ने छैन । बैचारिक हिसाब मा मात्र  ग्रसित नभै व्याबहारिक रुप मै नेपाल को शासन सत्ता लाई दुई देस मुखी अर्थात बरावर सम्बन्ध दुबै  देस संग राख्न सकेमा मात्र पहिलो भ्रमण को उपलब्धी प्रचन्डलाई हात लाग्ने निस्चय छ ।

 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com