अमृत
बास्कुने म्याग्दी
२८ सेप्टेम्बर ०८ काठमाडौं।
म्याग्दी १२
असोज म्याग्दी/गलेश्वर आदर्श आबासीय माबि गलेश्वरको जुरेरले आयोजना
गरेको निजि बिद्यालय स्तरीय बास्केटबल प्रतियोगीताको उपाधी माउण्ट
ऐभरेष्ट आबासीय माबि बेनीले हात पारेको छ।
गेलेश्वरमा आयोजित उक्त
प्रतियोगीताको छात्र बास्केटबल प्रतियोगीतामा बेनी आबासीय माबि लाई
पराजित गर्दै माउण्टले उपाधि हात पारेको हो। त्यसै गरी जुरेश गलेश्वर
आबासीय माबिकै आयोजनामा आयोजीत छात्रा बास्केटबलमा लोकदिप आबासीय
माबि र माउण्ट फाईनलमा पुगेका छन्। त्यसैगरी छात्र भलिबलमा माउण्ट
र गेलेश्वर आबासीय र छात्रा तर्फको भलिबलमा माउण्ट र लोक दिप
आबासीयमाबि फाईनलमा प्रबेस गरेका छन्। अन्य प्रतियोगीताको फाईनल
खेल आईतबार हुदै छ।
युवा क्लबले ३ सय मिटर बाटो खने
म्याग्दी/पश्चिम म्याग्दीको बरंजा गाबिस स्थीत २ महिना देखी अबरुद्ध
सडक स्थानीय युवा क्लबको सक्रियतामा शनिबार देखी सञ्चालनमा आएको छ।
बरंजा गाबिसको हाँसे डाडा देखी खर्सुङ्गपानी सम्म ३ सय मिटर सडक स्थानीय
न्यु स्टार युवा क्लबले पुन निर्माण गरेको छ। क्लबका सचिब केपि
सापकोटाका अनुसार क्लबले करीब ३६ हजार बराबरको जनश्रमदानबाट निर्माण
सम्पन्न भएको हो। आरकुटी खोलाले बगाएर असार १ गते देखि अबरुद्ध सडक
खुलेपछि स्थानीय बासीन्दालाई घाँस दाउरा र पानी ओसार्नको लागी
सहयोग पुगेको स्थानीय भागीरथ सापकोटाले जानाकारी दीएका छन्। सडक
निर्माण कार्य क्लबका अध्यक्ष मिलन रोकाको संयोजकत्वमा भएको थियो।
|