www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

बिधुतिय पत्रिकाको भुमिका

छक्कु उदासी  , टोक्यो जापान
बिषेश गरी यो संबिधान सभाको  चुनाबको सुखद घडीमा बिधुतिय पत्रिकाको अहम भुमिका खेलेको देखेर अन्तरआत्मा देखी कृतज्ञ हुन बाध्य भएकी छु । बिधुतिय पत्रिकाका सबै शर्जकहरुलाई म एउटी शुभचिन्तक पाठकको हैसियतले शरहनीय कार्यको उच्च मुल्यांकण गर्न कर लागेको छ । नयां नेपालको पुर्व शंध्यामा नयां बर्ष २०६५ शुभकामना सहित उत्तरो उत्तरको कामना गर्दछु ।
           मेरो भनाई अनुसार छापा पत्रिकालाई ओझेल पार्न खोजेकी हैन । छापा पत्रिकाको पनि आफनै बिषेशता र महत्व छ । बिधुतिय पत्रिकाले खास गरी प्रवाशी नेपालीहरु बिच ठुलो टेवा पुर् याएको छ । मुलुक भित्रै पनि कम्पुटर र नेटको पहुच हुने पाठक बर्गहरुलाई छापा पत्रिकाको समचार बासी लाग्न सक्ने अबस्था भईसकेको छ । किन की स्वभाबीक पनि हो । यति छिट्टै यसरी समयले फडको मारेको छ । त्यस्तै गरी राष्ट्रले पनि क्रमिक तरिकाले खुडकीलो चडने आशा गरौं ।
         यि बिधुतिय पत्रिकाहरुको पनि आ-आफनै कथा ब्यथा र मर्म होलान । तर जे जस्तो भए पनि पाठक बर्गको चाहना अनुरुप निष्पक्षिय ढंगले आ-आफनै सैलिमा तैनाथ रहेर अहम भुमिका खेलेको छ । यसरी निशुल्क सेवा दिएर प्रत्यक्ष अप्रत्यक्ष रुपमा हामी पाठहरुलाई मात्रै नभएर राष्ट्रलाईनै गुण र ऋण लागएको छ भन्दा फरक नपर्ला । वास्तबमा गर्ब र खुसीका साथ भन्नु पर्दा बिधुतिय पत्रिका मार्फत यो प्रवाशबाट नेपाली लिपीमा तत्कालै जल्दा बल्दा समचार अबगत गर्न पाउनु गौरबमय कुरा हो । हामी प्रवासीको लागी यस्तो महत्व पुर्ण घडीमा छापा पत्रिकाको भर परेर बस्नु परेको भए छिटोमा हप्ता दश दिन हैन भने महिना दिन कुर्नु पर्ने थियो । मिनेट मिनेटमा नयां नयां समचार हेर्न पाउदा आफुले आफैलाई भाग्यमानी किन नथान्ने
          जो प्रवाशमा छ । जस्लाई मात्रै थाहा हुन्छ । उस्लाई आफनो देशको माया कति लाग्छ भनेर । आफनै निकट बाध्यताले अन्न पानीको तन कर्म थलो पराई भुमीलाई बनाउन परेको छ । तर यो मन संधै आफनै देशको मायामा अल्झेको हुन्छ । हामी प्रवासी जहा जसरी रहे नेपाली पन आफनै ढुकढुकीमा हुन्छ । त्यसैले जुन भैरहेको महत्व पुर्ण ऐतिहासीक संबिधान सभाको चुनाबले सबैको ध्यानाकाशर्न गरिरहेको बेला बिधुतिय पत्रिकाको महत्व सगरमाथा जसरी चुल्लीएको महसुस गरिएको छ । अझै चुलियोस भन्दै यो प्रवासीको हार्दिक सुभकामना छ ।

 



 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com