www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

मगरहरुको आफ्नै पहिचान बोकेको धुले मेला सकियो

 अमृत बास्कुने म्याग्दी
३० मे २००८।  म्याग्दी/सदरमुकाम बेनी देखि चार कोष पश्चिममा पर्ने बरंजा गाबिसका मगरहरुको आफ्नै पहिचान र महत्व बोकेको धुले मेलाक औपचारीक काम हिजो बिहिबार सकिएको छ।   

बाईसे चौबिसे राज्यको पालाम तिन सय बर्ष पहिला देखि धुले मेलाको सुरुवात भएको स्थानीय धुले मेला आयोजक समितिका अध्यक्ष रेशम बढाथोकीको भानाई छ। बरंजा गाउमा तिन सय बर्ष पहिला अन्य ठाउ बाट नौ जना मगरहरु आएर बासोबास गरेको स्थानीय बताउछन्। लिले मर्चथोके, सेटुवा बझाङ्गे रोका, मनि पुन, तारे दरलामी घर्ति, लखनु मास्ना घर्ति, बक्षिम सुत्पराई घर्ति, कुमाल बुढाथोकी, सिङ्के राम्जाली रोका र एक जना नाम नखुलेका फगामी मगर बरंजा गाउमा आएर बासोबास गरेको धुलेमेला आयोजना स्थलको शिलालेखमा उल्लेख छ। पछि त्यहि नौ जनाको परिवार बढेर ५४ कुरीया पुगेर धुले मेलाको आधिकारीक सुरुवात भएको स्थानीय बृद्धा शत बहादुर बुढाथोकी बताउछन्। अहिले उक्त ५४ कुरीया बाट सुरु गरीएको धुले मेला मान्नेहरुको संख्या तिन सय ३० पुगीसकेको छ। 

       जेठ महिनाको बिहिबार मेला आयोजना गरीने गरीन्छ। मगरसमुदायले मात्र मनाउने धुले मेला गर्नको लागी बरंजा गाबिसको थर्पु गाउमा रहेको कोट घरमा मंगलबार छ्याङ राख्नु पर्ने स्थानीय गंगबहादुर पुनले बताएका छन्। पुनका अनुसार छ्याङ राखेपछि अर्को मंगलबार पित्रि चडाउने र थर्पुमा सिस्नो बााध्ने गरीन्छ उक्त कार्य भए पछि बरंजा गाबिस भरमा कसैले पनि आफ्नो घरमा खाना पकाएर खाने बाहेक अन्य काम गर्न नपाईने मगर समुदाएको नियम छ। मेला भर्नको लागी मानीसहरु नआउने भएकाले यस्तो नियम बनाएको हुन सक्ने धुलेमेला आयोजक समितिका अध्यक्ष बुढाथोकीको भनाई छ। बुधबार बरंजाको एक स्थानमा पराङ हाल्ने भन्ने चलन छ। उक्त स्थानमा युवा युवतीहरु रागो र भैसीको जस्तो नक्कल गर्ने गरेको स्थानीय देबेन्द्र रोकाको भनाई छ। बिहिबार अन्तीम दिनमा मगर समुदायका पुरुषहरुले होरे गित गाउने चलन रहेको छ। होरे गीत गाएर माहुरीको घार तानेर फाले पछि गाउका सबैलाई काम गर्न खुल्ला हुने अध्यक्ष बुढाथोकीको कथन छ। 

 धुले मेलालाई मनोरञ्जनको बिकल्पको रुपमा प्रयोग गरीएको हुन सक्ने अनुमान स्थानीयको रहेको छ। परम्परालाई आधुनिक तबरले जोगाई राख्न पहल भैरहेको र आगामी दिनहरुमा पनि मेलालाई निरन्तर रुपमा अगाडी बढाईने अध्यक्ष बुढाथोकी बताउछन्। धुले मेला आयोजना स्थलमा निर्धारण गरेको रेखा नागेर भित्र प्रबेस गरेमा मेलामा मनोरञ्जन दिने कलाकारले ५४ कुरीया बाहेकका लाई जरीवाना गर्ने चलन रहेके छ। 

युवा क्लबले खन्यो बाटो
म्याग्दी/सदरमुकाम बेनी देखि छ कोष पश्चिम अर्मन गाबिसमा रहेके युवा क्वले एक किलोमिटर सडक निर्माण गरेको छ।    स्थानीय बैशालु बाताबरण संरक्षण युवा क्लबले एक किलोमीटर घोरेटो बाटो निर्माण गरेको हो। आफ्ै श्रोत बाट क्लबले बाटो निर्माण गरेके क्लबका सचिब टेकप्रसाद सुबेदीले जनाएका छन्। अर्मन गाबिस वडा नम्बर ६ मा रहेको उक्त क्बलबले निर्मण गरेके सडकले स्थानिय ८० घरलाई प्रत्यक्ष फाईदा पुग्ने क्लबका सचिब सुबेदीले बताएका छन्। सडक सोमबार निर्माण सम्पन्न भएको थियो।



 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com