२५
अगष्टको कार्यसमितिको बैठकले एन आर एन वेल्जियमको दोश्रो अधिवेशन
आगामी २१ सेप्टेम्वर २००८ मा सम्पन्न गर्ने निर्णयका साथ आवस्यक
विभिन्न उपसमितिहरुको निर्माण गरी तयारी शुरु गरेको छ । संस्थाको
विधानानसार दुई वर्षो कार्यकालको उत्तरर्धमा गरिएको यस निर्णयले
अवस्य नै वेल्जियमवासी नेपाली समु दायमा नयां तरंग र चासो बढेको
हुनुपर्दछ । करिब चार हजारको हारहारीमा रहेका नेपालीहरुको एक मात्र
साझा संगठन गैर आवासीय नेपाली संघ वेल्जियम निश्चय नै सबै उमेर क्षेत्र
विचार भावना र आस्थाको धरोहरको रुपमा स्थापित भै सकेको छ ।
नेपाली द्धार नेपालीकै लागि मुल मर्मका साथ स्थापित यो संस्था मुलत
प्रवाशका नेपालीहरुका यावत सुख दुखमा सरोकार राख्दै मातृभुमीको
समृद्धिका लागि सीप प्रतिभा दक्षता र पंुजीको लगानी र योगदान पुर्याउने
अभिप्राय लिई अघि बढि रहेको यस अन्तरष्टिय सन्जालमा वेल्जियमले पनि
प्रारम्भिक अवस्था देखि नै दह्रो उपस्थिति देखाएको छ । संगठनको संस्थागत
विकाश र सांगठानिक सुदृढिकरणमा महत्वपुर्ण योगदान पुर्याईसकेको वेल्जियमले
आफैंमा संगठनको आधारभुत जग बसाली सकेको छ भने एक साथी नेपाल पठाऔं
अभियान नेपाल महोत्सव तथा युरोप क्षेत्रको एनआरएन भेला जस्ता महत्वकांक्षी
कार्यक्रमहरु भव्यताका साथ संपन्न गरि सकेको छ । द्रुत गतिमा लक्षोन्मुख
यस संस्थाको आगामी दोश्रो अधिवेशन यसर्थ पनि सबै वेल्जियमवासी
नेपालीहरुको लागि आकर्षाका विषय बन्न गैरहेको छ जुन एकदमै स्वागत
योग्य कुरा हो ।
गत
कार्यसमितिको बैठकले विगतका कमी कमजोरीहरुलाई मिहिन तवरले समीक्षा
गरा केही महत्वपुर्ण सहमति तथा निर्णयहरु गरेका छन । जस अन्तर्गत
नव कार्यसमिति चयनका प्रकि्रयामा दलीय रजनैतिक रंग सहितको प्यानलको
प्रस्तु तिलाई निरुत्साहित गर्ने गणितिय जोड घटाउका आधारमा सदस्यता
वितरण प्रकि्रयामा अवान्छित गतिविधि नदोहोर्याउने र योग्य ब्यक्तिलाई
सही स्थानमा सहमतीय प्रणाली अन्तर्गत चयन गर्न सक्य प्रयत्न गर्ने
जस्ता सवालहरु प्रमुख छन् । यिनै सवालहरु लगायतका यावत विषयहरुमा
नेपाली समुदाय माझ सकारात्मक र सौहाद्रपुर्ण वातावµण तय गर्न सबले
आ आफना क्षेत्रबाट ईमान्दारिता पुर्वक काम गर्ने गरउने प्रतिवद्धता
जाहेर गरेका छन् यो आफैमा एउटा उपलब्धि हो भन्ने ठानेका छौं ।
संस्थाको
संस्थागत विकाश र नेतृत्व हस्तान्तरण यि दुई विषय निकै महत्वपुर्ण
र अन्योन्याश्रीत संबन्ध राख्ने प्रकि्रयाहरु हुन् । संस्थाले आर्जेको
मुल्य मान्यताहरु विविध उपलब्धिहरु र संभावनाहरुलाई हुबहु पारदर्शी
ढंगले विधि सम्मत तवरले नयां नेतृत्वलाई हस्तान्तरण गर्नु निवर्तमान
समितिको कर्तब्य हो भने हस्तान्तिरत यावत मुल्य मान्यता र उपलब्धिहरुलाई
संरक्षण संवद्र्धन गर्दै समय सापेक्ष परिमार्जित गर्नु नव कार्य
समितिको दायित्व तथा कर्तब्य हुन आउंछ । यसर्थ नेतृत्व हस्तान्तरण
भनेकै विगतका कार्यकालको सकाµात्मक पक्षहरुलाई आगामी दिनहरुमा िनरन्तरता
िदंदै अघि बढ्ने प्रकि्रया हो । संस्थाको नजिक रहेर जुनसुकै भुमिका
निर्वाह गर्दै सुख दुखका साथ योगदान पुµयाएका ब्यक्तित्वहरु नैा
भावी नेतृत्वका दावेदार हुन सक्छन् ।
अन्तमा
यो संस्था आफैं एक गैरराजनितिक सामाजिक र नाफारहित संगठन भएकोले
विगतका कमी कमजोरीहरुलाई सबैले आत्मासात गर्दै जातिय क्षेत्रीय
दलीय तथा सबै प्रकाµका संकिर्णताबाट एक कदम माथि उठेका नेतृत्व पंक्ति
चयन गर्नु हाम्रो साझा जिम्मेवारी हुन आउंछ । यो एक सामुहिक कार्य
-Team work- भएकोले Right man, right place को
अवधाणा अनुसार सबैले जित्ने पद्धति सहमतीय प्रणाली अन्तर्गत अनुकुल
वातावरण बनाउन सबैमा अनुरोध गर्दछु । यस महत्वपुर्ण अवसरलाई अरु
उपलब्धिमुलक बनाउन संुपर्ण वेल्जियमवासी नेपाली समुदाय र संगठित
संघ संस्थाहरुमा सकि्रय सहभागिताका लागि हार्दिक आव्हान गर्दछु ।
धन्यवाद ।
युवराज गरुङ्
एन्टवेर्पेन वेल्जियम
२९ अगष्ट २००८