www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

नेपालीनारीहरुको महान चाड तीज अनि बिदेशिएका चेलीहरु...

चाड-बाड अनि धर्म र संस्क्रितिको धनि नेपालमा अहिले तीजको रम-झमले छोएको छ।सबै चेलीहरु माइतिघरमा जाने अनि मिठो-नमिठो जे भए पनि मिठोमानेर "दर खाने" र मनमा लागेका दुख-सुखका कुराहरुलाई गीतको माध्यामबाट पोख्ने र आफ्ना साथी-संगीहरुसङ रमाइलो गरि "तिजको रहर आयो बरिलै---"भन्दै नाच्ने चाड हो यो।साथै बिबाहित महिलाले आफ्नो पतिको दिर्घायु,अबिबाहितले राम्रो पति पाउने आशामा अनि बिधुवा महिलाले आफ्नो स्वर्गिय पतिको चिरशान्तिको कामनाको लागि ब्रत बस्ने पर्मपरा रहेको छ।साथै रजश्वला भएका नारीहरुले आफुले जानि-नजानि गरेका गल्तिको लागि ऋषिपन्चमिमा नुहाउने चलन पनि रहेको छ।

        नेपालमा तिजको रम-झम बढिरहेको भएपनि बिभिन्न काम अनि पेशाको कारण बिदेशिन बाध्य केहि नेपाली चेलीहरुले भने आफ्नो बुबा-आमा र दीदी-बहिनि र दाजुभाई अनि सबै परिवारलाई बिर्सिन बाध्य भएको र तिज लगाएत नेपालमा मनाइने चाड-पर्ब र साथि-संगीको यादमा दिन बिताउन पर्दाको क्षणलाई ब्यक्त गरेका छ्न।

     इजरायलमा कार्यरत दाङ घर भएकी जासु पुन ले आफ्नो माइतीघर चितवनमा तिज मान्न नपाएको पनि तिन बर्ष भयो रे।"अनि साथि-संगि सङ नाचेको र दर खाँदाको सम्झनामा आफ्नो काममा ब्यस्त रहनु पर्दा अलि खल्लो लाग्छ।साथै इजरायलमा धेरै नेपाली चेलीहरु भएपनि सबैको समय नमिल्नाले भेट-घाट गर्नै गार्हो छ र यस्ता धेरै दिनहरु सम्झना र अर्को बर्ष समयले साथदिएमा नेपालमै बिताउने कल्पनामा बितौदै छु" उहाले बताउनु भयो। इजरायलमै तिनबर्ष देखि कार्यरत झापाकी तारा न्यौपाने को पनि त्यस्तै अनुभब रहेको छ । उहा त इजरायलामा रहेको केहि संघ-संस्थामापनि सामेल हुनुहुन्छ र पनि "नेपालमा मनाउने चाड-पर्बमा बिदेशमा रहदा सारो खल्लो हुने रहेछ।हुन त साथिहरु सङ भेट-घाट त हुन्छ तर किन किन नेपालमा रातो साडि अनि चोलिमा साथिहरु सङ नाचेको जस्तो नहुने।यो बर्षको दशैं मनाउन नेपाल जाने तयारि मा रहेको पनि उहाले" बताउनु भयो।

              हेटौडा घर भई कुवेत साल्मियामा कार्यरत ममता क्षेत्रि  पनि यो तिजलाई पहिलो पटक कुवेतमै साथिहरु सङ मनाउने बिचारमा हुनुहुन्छ।त्यस्तै करिब चार बर्ष देखि कुवेत जाहारामा ब्युटिपार्लरमा कार्यरत सिन्धुपाल्चोक बार्हबिसे घर बताउने जुना खत्रिले भने यो सम्म पाँच पटकको तिज लाई आफन्तसङ मनाउन पाएकि छैनन्। "आफ्नो रोगि श्रिमान अनि चार वोटा बच्चाको लालन-पालनको कारण सबै कुरा बिर्सन बाध्य छु"उनको कथन थियो।कुवेतको हवालिमा घरमा काम गर्ने बिराटनगरकि बबिता गिरीले भन्नु भयो"चौबिस घन्टामा धेरै मुस्किल संग पन्ध्र घन्टा काम गर्नु पर्छ,छुट्टि हुन्न नेपालमा फोन गर्ने त समय हुन्न चाड-बाड र भेट-घाट त परैको कुरो हो।"

       तर बिगत लामो समय देखि बेलायतमा आफ्नो परिवार सङै बस्ने पोखराकी हेमा गुरुङ भने अब त बिदेशमै साथि हरु धेरै भएकाले रमाइलो लाग्न थालेको बताउछिन।त्यस्तै हङ्कङमा करिब सात बर्षदेखि स-परिवार रहदै आएकी बुटवलकी आशा राईलाई पनि त्यहिको बाताबरण अनि समाजसंगको चाड पर्ब मन पर्न थालेको छ।

       तर कतारमा इन्टरनेट सेवामा कार्यरत ओखलढुंगाकी सिता तामाङलाई भने हरेक चाड पर्बले रुवाउने रहेछ। उहा भन्नुहुन्छ बिषेस गरि तिज,तिहार र आमाको मुख हेर्ने दिन सार्है अत्यास लाग्छ र एक्लै एकान्तमा रुने गर्छु।त्यस्तै अनुभब रहेको छ कतारमै होटलमा कार्यरत चितवन माडिकी देबकी अधिकारिको। उहाले भन्नु भयो यो चाड-बाड त न आएपनि हुन्थ्यो जस्तो लाग्छ।"
      आखिर जो जहा र जसरि भएपनि हामी नेपालीहरुले मान्ने चाडपर्बमा घर-परिवर अनि साथी-संगिको याद आउनु स्वभाबिक हो।तर आफुले सकेसम्म रमाइलो सङ मनाउननै बेस होइन र??
      बिदेश अनि नेपालमा रहनु भएका सबै नेपालीनारीहरुमा जो जहा र जसरि रहनु भएपनि सुरक्षित संग र हासिँ-खुसीँको साथ रहनु होला भन्दै नेपालीनारीहरुको दुख-सुख पोख्न्ने चाड तिज र यसमा रमाएका नेपाली नारीहरुमा तिजको अबसरमा हार्दिक  शुभ-कामना ....

उही परदेश बाट
हरि कृष्ण न्यौपाने (घायल)
 


 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com