अमृत बास्कुने म्याग्दी
३ सेप्टेम्बर ०८ काठमाडौं ।
म्याग्दीका ग्रामीण क्षेत्रमा
उपभोग्य सामानको अभाव म्याग्दी/वर्षाका कारण असारको दोस्रो हप्तादेखि
मोटरबाटो अवरुद्ध भएपछि ढुवानी हुन नसक्दा म्याग्दीको ग्रामीण क्षेत्रहरूमा
दैनिक उपभोग्य सामानहरूको अभाव देखिन थालेको छ।
साथै मुस्ताङ्ग जिल्लामा पनि दैनीक उपभोग्य बस्तुको मुल्य आकासीएको छ। पश्चिम
म्याग्दीको दरबाङ, निस्कोट, ओखरबोट, बिम, ताकम, मुना, मुदी, लुलाङ,
मराङ लगायतका दर्जनौा गाविस साथै उत्तरी म्याग्दीको शिख, नारच्याङ,
दाना लगाएतका गाबिसहरुमा दैनिक उपभोग्य सामानको अभाव देखिएको स्थानीयवासीहरूले
बताएका छन्। स्थानीयवासीहरूका अनुसार ती क्षेत्रमा नुन, तेल, दाल,
चिनी, चामललगायतका अत्यावश्यक दैनिक उपभोग्य सामग्रीहरू पाइने
छाडेको छ। दैनिक उपभोग्य सामानहरूको अभाव भएपछि सदरमुकाम बेनीबाट
बाध्य भएर खच्चडमार्फत ढुवानी गर्न थालिएको दरबाङ बजारका व्यापारी
सुरेन्द्र शर्माले जानाकारी दीएका छन्। करिब दुई महिनादेखि ती क्षेत्रमा
गाडीमार्फत सामान ढुवानी हुन सकेको छैन। साथै म्याग्दीको गलेश्वर
स्थीत रहेको चमेरे स्थीत गएको पहिरोको कारण उत्तरी भेगमा सामान
ढुवानी हुन सकेको छैन। यस्को प्रत्यक्ष असर मुस्ताङ्ग जिल्लाम
परेको छ।
रोजगार पाउने भए बेरोजगार म्याग्देलीले
म्याग्दी/जिल्लाका अधिकांस बेरोजगार युवा युवतीहरुले आगामी
दिनहरुमा रोजगारी पाउने भएका छन। सीप सीकौ रोजगार बनौ भन्ने मुल
नाराका साथ प्राबिधिक शिक्षा तथा ब्यबसायीक तालीम परिषद् रोजगारीका
लागी सीप परियोजनाको म्याग्दीम कार्यक्रम आज देखी बिस्तार भए पछि
यस्तो अबस्था सृजना हुन लागेको हो। जिल्लामा रहेका बेरोजगारहरुको
अनुगमन गरी उनीहरुलाई उचित तालीम दिने र रोजगारीको ग्यारेन्टी गर्नको
लागी उक्त कार्यक्रम म्याग्दीमा लागु भएको परियोजनाका जिल्ला अध्यक्ष
भक्तिबिलास सुबेदीले बताएका छन्। नेपाल सरकार र एसीयाली बिकास
बैंकको संयुक्त लगानीमा प्राबिधिक शिक्षा तथा ब्यबसायीक तालीम
परिषद् द्वारा जिल्ला बिकास समितिका प्रमुखको अध्यक्षतामा कमिटि
गठन भएको छ। कमिटिमा जिल्ला शिक्षा अधिकारी, महिला बिकास अधिकारी,
प्राबिधिक शिक्षालयका प्रतिनिधि, रोजगारदाता संघ संस्थाका प्रतिनिधि,
उद्योग बाणिज्य संघका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि
रहेको जिल्ला निर्देशक समिति गठन गरीएको छ। यो समितिले बेरोजगारको
अध्ययन गरी उनीहरुलाई सीपमुलक तालीम प्रदान गरी रोजगारीको ब्यबस्था
गर्ने जनाईएको छ।
|