अमृत बास्कुने
म्याग्दी/ जिल्ला कृषि बिकास कार्यालय मुस्ताङ्गले आ।व २०६४/६५ को
तृतीय चौमासिक अवधिमा संचालन गर्नुपर्ने माटो परीक्षण शिविर सकेको
छ ।
बिगत लामो समय देखि मुस्ताङ्ग जिल्लाको कृषकहरुको माटो जाँच हुन
नसकेको उक्त कार्यालयले जनाएको छ । माटो जाँच गर्नलाइ पोखरा
पठाउनुपर्ने कठिनाइलाइ मध्यनजर राखी यस आ।व मा जिल्लामा सिविर
संचालन गर्ने गरी उक्त कार्यलयले बार्षिक कार्यक्रम राखेको हॊ ।
उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न तथा माटोको गुणस्तर कायम राख्न
माटो परीक्षण बेला बेलामा गर्नुपर्ने हुन्छ । मुस्ताङ्ग जिल्लामा
सो सिविर संचालन हुन नसक्दा माटोको अवस्थाबारे थाहा नभइ उत्पादन र
उत्पादकत्व समेत घटन गएको देखिएकोले पनि उक्त कार्यक्रमको आयोजना
गरिएको कुरा बरिष्ठ कृषि बिकास अधिकृत तेजबहादुर सुबेदी बताउछन् ।
२०६५÷२÷४ गते कागवेनी गा।बि।स लाई केन्द्र बनाइ तथा ५ गते मार्फा
गा।बि।स लाई केन्द्र बनाइ संचालन गरिएको उक्त माटो परीक्षण कार्यक्रममा
उल्लेख्य कृषकहरुको सहभागिता रहेको थियो । कागबेनी केन्द्रमा ८०
जना तथा मार्फा केन्द्रमा ३० गरी १२० जना कृषकहरुको माटो परीक्षण
रिपोर्ट समेत उपलब्ध गराइएको थियो ।
नाइट्रोजन फस्फोरस पोटास तत्वको साथै पि।एच समेत जाँच गरीएको उक्त
सिबिर संचालनमा क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराबाट ल्याब
असिस्टेन्ट द्धय टिकादत्त घिमिरे र दानालाल साह लाई उपकरण सहित
झिकाइएको थियो भने उक्त कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय
मुस्ताङ्गका बरिष्ठ कृषि बिकास अधिकृत तथा अन्य प्राबिधिकहरुको
सहभागिता रहेको कुरा बागबानी बिकास अधिकृत मनहर कडरियाले बताए ।
|