अमृत बास्कुने
म्याग्दी/सदरमुकाम बेनी देखि चार कोष पश्चिममा रहेको बरंजा गाबिस
स्थीत रहेको जनपि्रय प्राथमीक बिद्यालयले जग्गा खरिद गरेको छ ।
बरंजा गाबिस बडा नम्बर ३ मा रहेको उक्त बिद्यालयको लागी बिद्यालयका
अभिभाबकबाट रकम उठाई तिर्ने गरी सोमबार जग्गा पास गरेके बिद्यालयका
प्रधानाध्यपक झपेन्द्रबहादुर खत्रीले बताएका छन् । स्थानीय खडक
बहादुर शेरचन र तलकुमारी शेरचनको गरी चार रोपनी ११ आना जग्गा बिद्यालयको
भबन र खेल मैदान निर्माणको लागी खरिद गरीएको बिद्यालय ब्यबस्थापन
समितिका अध्यक्ष प्रेमबहादुर खड्काले बताएका छन् । दुई लाख २५ हजार
मुल्य गरीएको उक्त जग्गाको रकम छिट्टै संकलन गरेर बुझाईने अर्थ
संकलन समितिका सचिब के।पि सापकोटाले बताएका छन्
जिल्ला कृषि बिकास कार्यालय मुस्ताङ्गले स्याउ बाल्ाीमा देखापरेका
बिभिन्न रोग कीरा नियन्त्रण गर्ने अभिप्रायले कृषकहरुको सहभागितामा
बाली संरक्षण कार्यक्रम संचालन गरेको छ ।
सहभागितात्मक बाली संरक्षण कार्यक्रम संचालन
बिगत केही बर्षदेखि स्याउ बालीमा आकस्मिक रुप्ामा देखा परेका
जिजिना मथ टेन्ट क्याटरपिल्ल्ार सानजोसे स्केल तथा भुवादार लाही जस्ता
स्याउ बालीका हानिकारक कीराहरुबारे अध्ययन अनुसन्धान गर्ने निकाय
यस जिल्लामा नभएको कारणबाट कीरा नियन्त्रणमा कठिनाइ भइरहेको अवस्थामा
आफ्नो प्राबिधिकहरुको सहयोगमा कृषकहरुको प्रत्यक्ष संलग्नतामा रोग
कीरा पहिचान तथा कीराको बासस्थान खानेबाली र जीवनचक्र बारे अध्ययन
गर्नको लागि बिभिन्न तीन स्थानहरुमा नमुना प्लट छनौट गरी कार्यक्रम
संचालन गरिएको छ ।
मार्फा गा।बि।सको स्याङ्ग गाउँ जोमसोम गा।बि।सको जोमसोम गाउँ तथा
शान्तिनगरमा संचालन गरिएको उक्त नमुना प्लटहरुमा बागबानी विकास
अधिकृत मनहर कडरियाको संयोजकमा प्राबिधिक सहयाक द्धय चिन्तानारायण
खनाल र भिमबहादुर थकालीको टोली कार्यरत रहेको छ भने सो कार्यक्रमको
अनुगमन बरिष्ठ कृषि बिकास अधिकृत तेजबहादुर सुबेदीले गरेको कुरा
कृषि बिकास कार्यालयले बताएको छ ।
उक्त कार्यालयबाट हाल संचालन गरिएको यस किसिमको कार्यक्रमबाट स्याउ
खेती गर्ने कृषकहरुलाई रोग कीराबारे पहिचान गर्ने दक्षता हाँसिल
हुनुको साथै फाइदा पुग्ने मार्फा ८ स्याङ्ग गाउँका आस बहादुर
थकालीले बताए ।
|