५ जुन २००८ काठमाडौं ।
नागरिक समाजका प्रतिष्ठित व्यक्तित्वलाई राष्ट्रपतिका बनाउनुपर्ने
माओवादी प्रस्तावप्रति नेपाली कांग्रेस र नेकपा एमाले असन्तुष्टभएका
छन् । उनीहरुले राजनीतिक दलबाटै राष्ट्रपति चयन गर्नुपर्ने जोड
दिएका छन् । कांग्रेस महामन्त्री डा.रामवरण यादव परिपक्व व्यक्तिलाई
राष्ट्रपति बनाउनुपर्ने पक्षमा छन् । उनी भन्छन्,'नागरिक समाजबाट
नभई राजनीतिक परिपक्वता हासिल गरेकालाई राष्ट्रपति चयन गर्नुपर्छ
।' उनले माओवादीले राष्ट्रपतिमा दलबाहेककालाई बनाउनुपर्ने जोड गरेर
अप्ठ्यारो स्थिति ल्याउन खोजेको आरोप लगाए ।
एमाले महासचिव झलनाथ खनाल नागरिक समाजबाट राष्ट्रपति बन्न नहुने भन्ने
नभएको तर अहिलेको जटिल अवस्थामा परिपक्व राजनीतिज्ञलाई राष्ट्रपति
बनाउनुपर्नेमा जोड दिए । उनले भने,'नागरिक समाजमा राष्ट्रपतिको जिम्मेवारी
सम्हाल्ने परिपक्व व्यक्ति देखिइसकेको छैन ।' एमाले नेता विष्णु
पौडेलले नागरिक समाजबाट राष्ट्रपति बन्ने कुरा असम्भव भएको बताए ।
|