म्याग्दीका पत्रकार हरु पनि
सडकमा
सुरज
के.सी.
म्याग्दी १८, कार्तिक- बाराका पत्रकार एवं प्रेस चौतारी नेपालका केन्द्रिय
सदस्य वीरेन्द्र कुमार शाहको स्थिति र्सार्वजनिक गर्न माग गर्दै कलम समाउने
पत्रकारहरु कालो ब्यानर सहित सडकमा उत्रेका छन् ।

वेनीबजारको क्याम्पस चोकबाट सुरु भएको जुलुस जिल्ला प्रशासन कार्यालयमा
पुगी धर्ना दिदै कोणसभामा परिणत भएको थियो । उक्त कोणसभामा नेपाल पत्रकार
महासंघ म्याग्दीका सभापती घनश्याम खड्कालेे पत्रकार शाहको अपहरण सिंगो पत्रकार
जगतमाथीको ठाडो आक्रमण भएको बताए । उनले राज्यको चौथो अंग मानिएको प्रेसमाथी
आक्रमण हुनु भनेको दण्डहिनताको सजिब चित्र भएको उल्लेख गर्दै पत्रकार वीरेन्द्र
शाहको स्थिति अविलम्ब र्सार्वजनिक गर्न आ-आफ्नो ठाउ“बाट दबाब दिन आग्रह
गरेका थिए । खड्काले म्याग्दीमा समेत जिल्ला बिकास समीतीको समाचार लेख्ने
पत्रकार लाई रातारात धम्क्याउने कार्य भैरहेको समेत जनाएका थिए ।
पत्रकार वीरेन्द्र कुमार शाहको अपहरणमा आफ्ना कार्यकर्ताहरुको हात रहेको स्वीकार
गर्दै -नेकपा) माआवादी अध्यक्ष प्रचण्डले दुइ-तीन दिनमा शाहको स्थिति र्सार्वजनिक
गरिने बताएका थिए । साथै प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले पनि पत्रकार
शाहको २-३ दिनमा रिहाइ गर्न पहल गरिने बताइसकेका थिए । तैपनी एक महिना बिती
सक्दा समेत शाह अझै अज्ञात रहेकोले सरकारको लाचारी पना देखियको पत्रकार
महासंघ म्याग्दीका सचिब तारानाथ शर्माले बताए ।
स्रोत : बेनी अनलाइन