६ जुलाई २००८ बेल्जियम ।
सँघिय गणतन्त्र नेपाल
घोषणा भएको सुखद उपलक्ष्यमा बेल्जियमको वाभर पिकनिक स्थलमा यहि जुन
२९ तारिखका दिन रमाईलो बनभोज कार्यक्रम सम्पन्न भएको छ।
२४० वर्षीय लामो
इतिहास बोकेको सामन्ति शाह वँशिय शासनको अन्त्य र गणतन्त्र स्थापनाको
खुशियालीमा सम्पन्न उक्त वनभोजमा बेल्जियमका विभिन्न शहरहरुमा
बसोबास गर्ने करिब ३०० नेपालीहरुको उत्साहजनक सहभागिता रहेको थियो।
ल्म्ँ बेल्जियमको आयोजनामा सम्पन्न उक्त बनभोजको ल्म्ँ बेल्जियमका
अध्यक्ष अर्जुन दाहालले यिलन ष्खिभ ाभमभचब िमझयअचबतष्अ चभउगदष्अि
ल्भउब िलेखिएका २ वटा ठूला केक काटी औपचारिक रुपमा शुभारम्भ गर्नु
भएको थियो। उक्त बनभोज कार्यक्रम बिहान ११ बजे देखि शुरु भइ साँझ
७.३० बजे समापन भएको थियो। प्रमुख अतिथिको रुपमा उपस्थित बेल्जियमका
लागि महामहिम राजदूत श्री प्रमेश हमालले छोटो मन्तब्यको क्रममा समस्त
नेपालीहरुमा शुभकामना ब्यक्त गर्दै नेपाली जनताको सँघर्ष, बलिदान
अनि शाहदतबाट प्राप्त सँघिय गणतान्त्रिक नेपाल अहिले सँक्रमणकालिन
स्थितिबाट गुज्रीरहेको र देश बिकाशको लागि गैर आवासीय नेपालीहरुको
अत्यन्त महत्वपूर्ण भूमिका रहेको छ भनी सहभागिहरुका्े ध्यन आकर्षण
गराउनु भएको थियो। सोहि क्रममा अध्यक्ष अर्जुन दाहालले नेपाली जनता
महान छन र तिनको राजनैतिक सोचमा परिपक्वता आइसकेको भन्ने कुरा विश्व
समुदाय समक्ष स्पष्ट भइसकेको र अब बिकास तर्फ ध्यान दिने बेल्ाा
आएको छ भनि आफ्नो मन्तब्य राख्नु भएको थियो। पार्टी कमिटि सचिव श्रीमती
सरस्वति चापागईंले गणतन्त्र नेपालमा सबैको समान अवसर प्रप्त गर्ने
र कुनै किसिमको भेदभाद नरहनुका साथै लैङ्गिक विभेद अन्त हुने कुरा
ब्यक्त गर्नु भएको थियो। मन्तब्यको क्रम पछि नेपालीपन झल्काउने
विभिन्न परिकारका स्वदिष्ट खानाका साथमा मनोरञ्जनको कार्यक्रम
आयोजना गरिएको थियो। बेल्जियममा रहेका चर्चित लोकदोहरी कलाकारहरुको
सहभागितमा शुरु भएको लोक दोहरीले सबै सहभागिहरुको मन जित्न सफल
रहयो। हार्मोनियमको धुन, मादलको ताल र राम्रो साउण्ड सिस्टमको ब्यवस्थाले
सबैलाइ नाच्न प्रेरित गरेको थियो। अधिकाँस सहभागिहरुले उक्त बनभोज
कार्यक्रमलाइ परदेशमा अविस्मरणीय रहेको छ भनी प्रसँसा गरेका थिए।
साथै सहभागिहरुका लागि प्रवेश टिकट नम्बरको आधारमा लक्की ड्र
गरिएको थियो। विजयी हुने प्रथम, द्धितिय र तृतिय गरी ३ जनालाइ
सहदेब गौतमको प्रायोजकत्वमा पुरस्कार वितरण गरिएको थियो। उक्त
रमाइलो बनभोज कार्यक्रमको सँयोजन होटल ब्यवसायी श्री पुष्पराज
अधिकरीले गर्नु भएको थियो।
|