www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

मधेसवादी र तीन दलले छलफल गर्ने

६ जुलाई २००८ काठमाडौं ।  बिधायिका संसदमा मधेसवादी दलहरुले अवरोध फुकाउने उपाय पत्ता लगाउन प्रमुख तीन दल र मधेसवादी दलहरुबीच संयुक्त छलफल हुने भएको छ । असार २२ गते सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा भएको माओवादी, नेपाली कांग्रेस र एमाले नेताहरुको छलफलले २२ गते दिउँसो २ बजे संयुक्त छलफल गर्ने निर्णय गरेको हो ।

आधा घण्टा लामो तीन दलको छलफलपछि त्यहाँ उपस्थित संचारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने 'एक अर्काको धारणा बुझ्न छलफल गर्ने निर्णय गरेका हौं, यति नजिक भएर पनि एक अर्काको धारणा नबुझेको महशुस भएर यो छलफल आयोजना गर्न लागिएको हो ।' 

असार २० गते सत्तारुढ सात दलीय गठवन्धनको सहमतिपछि पनि मधेसवादी दलहरुले संसद अवरुद्ध बनाउन नछाडेपछि तीन दलले संसद नियमित बनाउने नयाँ पहल थालेका हुन् । तीन दलको छलफलमा माओवादी अध्यक्ष प्रचण्ड, एमाले महासचिव झलनाथ खनाल र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललगायत नेता सहभागि थिए ।


 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com