www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

ज्ञानेन्द्रले आर्को हप्ता नारायणहिटी छोड्ने

६ जुन २००८ काठमाडौं
दीपेश केसी, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह अर्को हप्तामात्र नागार्जुन दरबार र्सर्ने भएका छन् । नारायणहिटी दरबारका एक उच्च अधिकारीका अनुसार २६ जेठसम्म नागार्जुन र्सर्ने कुनै योजना बनेको छैन । आइतबार पछि मात्र नागार्जुन जाने योजना छ ,' दरबारका ती अधिकारीले भने,'जाने बेलामा सबैलाई खबर गर्ने भनिएको छ ।' नारायणहिटी छाड्नका लागि सम्पूर्ण तयारी भने पूरा भइसकेको बुझिएको छ ।

१५ जेठमा बसेको संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनको घोषणा गरेपछि सरकारले १५ दिनभित्र नारायणहिटी छाड्न पूर्व राजालाई पत्र पठाएको थियो । उनले निकटस्थहरुलाई पठाएर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग यथोचित सुरक्षा र बस्ने व्यवस्था गरिदिन आग्रह गरेबमोजिम सरकारले ७५ सुरक्षाकर्मीसहित नागार्जुन दरबार उपलब्ध गराउने निर्णय गरेको थियो । नागार्जुनमा ज्ञानेन्द्र शाह आफ्नी श्रीमती कोमल शाहसंगै बस्ने छन् । छोरा पारस र बुहारी हिमानी निर्मल निवासमा बस्नेछन् भने आमा रत्न शाह पनि छुट्टै बस्नेछिन् । सबैलाई सरकारले सुरक्षाको व्यवस्था मिलाइदिएको छ ।


 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com