www.myagdinepal.com
Home  About us  Activities  Contact  Feedback  Photo

Namaste and Welcome to Myagdi Nepal.com

Myagdinepal

Home

  Editorial

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli kalam

Your Kaseli

Your Sandes

Your contact

Send contact

माओवादीले कुनै हालतमा पनि कोइराला लाई राष्ट्रपती हुन नदिने

६ जुन २००८ काठमाडौं
गिरिजाप्रसाद कोइराला राष्ट्रपति बन्ने सम्भावना बढेपछि माओवादीले राष्ट्रपति नागरिक समाजबाट बन्नुपर्नै प्रस्ताव अगाडि सारेको छ। संविधानसभाको निर्वाचन हुन अगाडि माओवादीले नै प्रधानमन्त्री कोइरालालाई तपाइलाई प्रथम राष्ट्रपति बनाइने भनेर उचालेका थिए भने अब राष्ट्रपति बनाउने बेला आएपछि भने उनीहरुले बखेडा निकाल्न थालेका छन्।
माओवादीले संघीय गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति नागरिक आन्दोलनका प्रतिनिधि हुनुपर्ने नयाँ प्रस्ताव अगाडि सारेपछि राजनीतिक वृत्तमा नयाँ बहसको थालनी भएको छ।

ठूलो दलको हैसियतले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफूले पाउनुपर्ने अडान राख्दै आएको माओवादीले दलहरुलाई सहमत गराउन नसकेपछि नयाँ रणनीति अगाडि सारेको हो। माओवादी अध्यक्ष प्रचण्डले भने – सहमतिको गाँठो फुकाउनका लागि पुरानो अडानलाई पुर्नविचार गरेका हौं।' राष्ट्रपतिको निर्वाचन र सरकार गठन प्रक्रिया दुइ तिहाइ मतको आधार हुनुपर्नै माओवादीको अडानमा भने कुनै परिवर्तन आएको छैन । आन्दाेलनमा सहभागि, बौद्धिकवगबाट राष्ट्रपतिको चयन हुनुपर्ने माओवादीको अडानलाइ अन्य दलहरुले असहमति जनाउने देखिन्छ। कांग्रेस र एमालेका नेताहरुले माओवादीको यो प्रस्तावले राजनीतिक गरिरोधको अन्त्य नहुने बताएका छन्।

उनीहरुले पहिलो राष्ट्रपति शान्ति प्रक्रिया र लोकतान्त्रिक आन्दोलनमा भूमिका भएको व्यक्ति हुनुपर्ने बताउँदै अप्रत्यक्ष रुपमा गिरिजाप्रसाद कोइरालाको प्रस्ताव गरेका हुन्। माओवादील्े यस अघि राष्ट्रपति र प्रधानमन्त्रीलाई दुइ दलबीच भाडबन्डा गर्दा समानान्तर क्तिकेन्द्रको निर्माण हुने खतरा रहेकोले दुवै पद आफैलाई चाहिने तर्क राखेको थियो तर अहिले उ नागरिक समाजको व्यक्तिलाई राष्ट्रपति बनाउन तयार भएको छ। कोइराला राष्ट्रपति भए समानान्तर शक्ति केन्द्र खडा हुने खतरा माओवादीले महसुस गरेर कोइरालाको विकल्प खोजेको बताइन्छ।

 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com