अमृत बास्कुने म्याग्दी
६ जुन २००८ म्याग्दी/ म्याग्दी जिल्लाको पश्चिमी भेगका
बासिन्दाहरु अल्लो प्रसोधन गरी पुवा उत्पादन तिर लाग्न थालेका छन्।सामुदायीक
बनमा रहेको लोक्ताको प्रसोधनगरी पुवा तयार गर्न तर्फ स्थानीय बासीन्दा
लागी परेका छन्। उत्तरी म्याग्दीको नागीमा लोक्त प्रसोधन गरी हाते
कागज उत्पादन गरी मनग्य आम्दानी गरेको देखेर यहााका बासीन्दा पनि
लोक्ता प्रसोधन तर्फ लागेको बताउछन्।
राष्ट्रिय तथा अन्तराष्ट्रिय
स्तरमा पनि लोक्ता प्रसोधन बाट तयार भएको नेपाली कागजले राम्रो मुल्य
पाउने भएकाले लोक्ता प्रसोधन तिर लागेको बताउछिन जल्जला सामुदायीक
बनकी सदस्य बेलमतिपुर्जा। गाउलेहरुको आकर्षणलाई ध्यानमा राखि संगम
र पहाडि श्रोत बिकास केन्द्र म्याग्दीले १५ दिने लोक्ता प्रशोधन
तालीम सम्पन्न गरेको छ। तालीममा सात दलित र पााच अन्य समुदायकाको
सहभागीता रहेको संगम म्याग्दीले जनाएको छ। सिप हस्तान्तरण गरी आत्म
निर्भर गराउनको लागी तालीमको आयोजना गरीएको जनाईएको छ।
|