अमृत बास्कुने म्याग्दी
७ जुन २००८ म्याग्दी/ जिल्लामा अहिले बित्तीय कारोबार गर्ने संस्थाहरुको
संख्या एकाएक आकासीन थालेको छ। १० मिनेटमा सदरमुकाम पुरै घुमेर भ्याईन्छ।
सानो ईलाका रहेको म्याग्दी सदरमुकाम बेनी बजारमा सहकारी र
बैंकहरुको संख्या यो आर्थीक बर्षमा एकाएक बढेर गएका छन्।
बेनी बजारको मुख्य केन्द्र मानिने न्युरोडको क्याम्पसचोक देखि
हुलाक चोक सम्म दुई सय मिटर मात्र छ। यहि दुईसय मिटरको क्षेत्रमा
यो बर्षको सात महिनाको अबधिमा तिन बिकास बैक खुलेका छन्। २०६४
असोजमा स्थानीय ब्यापारीहरुले निलगिरि बिकास बैंक स्थापना गरे लगत्तै
काण्ठमण्डप डेपलभमेन्ट बैक स्थापना भयो। जेठको पहिलो साता माछा पुच्छ्रे
बैंकले क्याम्पसचोकमा शाखा स्थापना गर्यो। यो संगै बेनीमा बैंक
हरुको संख्या पााच पुगेको छ। बैंक मात्र होईन बेनीमा सहकारीहरुले
पनि बित्तय कारोबार गर्ने गरेका छन्। सहकारी पनि यो आर्थीक बर्ष
निकै खुलेका छन्। बेनी बजारमा अघिल्लो बर्ष सम्म चार सहकारी
रहेकोमा यो बर्ष सहकारीको संख्या पनि थपिएको छ।
एक किलोमिटर भित्र रहेको बेनी बजारमा १० सहकारी रहेका छन्।
लाहुरेको जिल्लाको उपनामले परिचित म्याग्दीको सदरमुकाम बेनी बजारमा
सहकारीहरुले बैंकीङ् कारोबार पनि गर्ने गरेका छन्। सहकारीको सिद्धान्तलाई
मध्यनजर गर्दै हेर्ने हो भने खातावाला ग्राहकलाई कसैले पनि लाभांस
दिने गरेको पाईदैन। तै पनि बेनीमा बैंक र सहकारीको स्थापना भने उच्च
बिन्दुमा पुगेको देखिन्छ।
|