८ नोवेम्बर, ०७ ।
नेपालीहरुको महान पर्व बडादशैं तथा शुभदिपावलीको अवसर पारेर अष्ट्रेलियामा
रहेका म्याग्देलीहरुको संगठन "म्याग्दी सेवा समिति" को आयोजनामा यही
नोवेम्बर ३ तारिखका दिन एक भब्य भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रम
सम्पन्न भएको छ ।
समितिका अध्यक्ष उत्तम पुनको स्वागत तथा शुभकामना मन्तब्यबाट शुरु गरिएको
उक्त कार्यक्रममा अष्ट्रेलियामा बसोबास गर्दै आएका उत्साहजनक म्याग्देलीहरुको
सहभागिता रहेको थियो । म्याग्दीका पुराना कला संस्कृति झल्कने खालका नृत्य
तथा सांगीतिक प्रस्तुतीहरु रहेको सो कार्यक्रममा चर्चित दोहोरी गीत पनि
गाईएको थियो । म्याग्दीका चर्चित कलाकारहरुले "घर हाम्रो म्याग्दी हजुर........"
भन्ने बोलको गीतबाट शुरु गरिएको साँस्कृतिक कार्यक्रममा उपस्थित
सहभागीहरुले भरपूर मनोरञ्जन लिएका थिए ।
बिभिन्न पेशा, ब्यवसाय, रोजगारी, अध्ययन, अनुसन्धान लगायत प्रयोजनका लागि
अष्ट्रेलियमा रहेका म्याग्देलीहरुबिच पारस्परिक सहयोग एवं सम्बन्धमा
बिकास तथा बिस्तार गर्दै अष्ट्रेलियामा रहेका समस्त नेपालीहरुकै सेवामा
लागिपर्ने उद्देश्यले संगठित यस समितिको उक्त कार्यक्रम रातीको १२ बजेसम्म
बडो सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।