Home  About us  Activities  contact  feedback  photo

 Welcome and namaste in myagdinepal web portal

Home

Latest News

National news

International news

Local news

Article

Interview

Event

Entertaintment

Gallery

Chautari

Myagdeli  Blog

Myagdeli kalam

Your Kaseli

Your Sandesh

Your contact

Send contact

सम्पादकिय

मानव सभ्यता को सुरुवात सँग संगै  संसारभर  मानिसहरु एक ठाउँ बाट अर्को ठाउँमा बसाइ सराइ गर्ने क्रम पनि बिकसित हुँदै आइरहेको छ । अहिलेको २१ औ शताब्दिको आधुनिक संसारमा त संसारका हरेक कुना हरु यति नजिक भएका छन कि मानिसहरु सजिलै एक ठाउँ बाट अर्को ठाउँमा स्थाइ वा आस्थाइ रुपमा बसाइ सराइ गर्न सक्छन । यसरी बसाइ सराइको क्रम  संगै  नेपालबाट पनि मानिस् हरु आफ्नो काम अध्ययन रोजगारी को कारणले संसारका बिभिन्न ठाउँमा  पुगेका छन । शायद आज विश्वो मानचित्रमा थोरै नै देश  होलान जहाँ नेपालीहरु न पुगेकोको होस् ।

          आहिले को २१औ शताब्दिको बिकसित संसारको आकर्षण एकातिर भने अर्को तिर हाम्रो देश को बिग्रदो राजनैतीक र आर्थिक स्थितीले झन देश बाट बहिरिने सख्यामा बाढि नै आएको छ । सके र मिल्ने भए सम्म हरेक नेता देखि जनता , हकिम देखि पिउन ,ब्यापारी देखि मजदुर सम्म सबै देश बाट बहिरिन चाँहीरहेक छन । यसरि बिदेश मा प्राबशी नेपाली को संख्या हरदिन बढि रहेको छ। । हाम्रा यी बिभिध बिद कारणले हामी प्रदेसिन वाध्य छौ तर हामी जहाँ रहे पनि हाम्रो अस्तित्व हाम्रो पहिचान लाई बचाइ राख्नु पर्दछ भन्ने हाम्रो मान्यता हो । हामी जहाँ रहे पनि हाम्रो एकता ,  संपर्क र सम्बन्ध लाई मजबुत बनाइ राख्नु पर्दछ । हाम्रो पहिचान भनेको हाम्रो भाषा सस्कृति हो । यही हाम्रो भाषा सन्स्कृति परम्परा र रहन सहन लाई सरक्षण , सम्बर्दन र हस्तान्तरण गर्न को लागि यसलाइ  बुझ्नु र छलफल गर्नु जरुरी छ ।

          यसरी  हामी संसारका हरेक कुनामा  रहेका नेपाली बिच संपर्क र सम्बन्ध स्थापना गराइ हाम्रो भावना को आदान प्रदान र बिचारको साटासाट गर्दै  हाम्रो अस्तित्व लाई हामी बिचमा जीवन्त राख्न्न को लागि  सजिलो माध्यम हो संचार । त्यसैले हामी ले यस बेल्जियम बाट यो पर देशी नेपाली वेबसाईट लाई हामी संसार भर छ रिएर रहेका नेपाली हरुको संपर्क को सन्जाल को रुपमा प्रकाशन गरे क छौ । त्यसैले  हामी  संसारका हरेक कुनामा  रहेका नेपाली   बिचको  संपर्क, सम्बन्ध र सुचना आदान् -प्रदानको साझा सञ्जालको रुपमा स्थापित गराउने   उदेश्यले यस म्याग्दीनेपाल  वेब साइट  को  सुरुवात गरेका छौ ।

          यस हाम्रो उदेश्य प्राप्तिको लागि तपाइहरुको सहभागिता, सुझाब , सल्लाहा र सहयोग को अपेक्ष्या राख्दै यो साइट निर्माणको क्रम् मा प्राबिधिक र अन्य सम्पुर्ण सहयोग र सल्लाहा प्रदान गर्नु हुने माहानुभाब हरुमा हार्दिक धन्यबाद ब्यक्त गर्दछौ ।
 
सम्पादक
म्याग्दीनेपाल वेब टिम

 

 

Help flood victim

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

myagdinepal@gmail.com
© copyright 2006 myagdinepal.com